उम्मेदवारी कायम हुने विषयमा जिल्ला प्रशासनले पठायो नेईएलाई यस्तो पत्र (पत्रसहित) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

उम्मेदवारी कायम हुने विषयमा जिल्ला प्रशासनले पठायो नेईएलाई यस्तो पत्र (पत्रसहित)

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न निर्वाचनमा प्रगतिशील समूहबाट उम्मेदवारी दिएका इन्जिनियरहरुको महत्वपूर्ण पद कायम भएको छ ।

नेईएको निर्वाचन कार्य विधिअनुसार केन्द्रीय कार्य समितिमा उम्मेदवारी दिँदा एकै ब्यक्ति एकभन्दा बढी उम्मेदवारको प्रस्तावक र समर्थक हुन नपाइने भन्दै उनीहरुको उम्मेदवारी रद्द भएको थियो ।

म्मेदवारले निर्वाचन समितिको निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उजुरी दिनेमा उम्मेदवारी रद्द भएका उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

यस विषयमा जिप्रकाले नेईएलाई मंगलबार पत्र पठाएको छ । इन्जिनियर्स पोस्टले सोमबार नै जिप्रकाको निर्णयबारे समाचार लेखेको थियो । स्रोतले इन्जिनियर्स पोस्टलाई दिएको जानकारी अनुसार उपाध्यक्ष, महासचिव र वागमति प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारको उम्मेदवारी कायम हुने निर्णय भएको थियो ।

तर, जिप्रकाले मंगलबार पठाएको पत्रमा चैत २६ गतेको निर्णयलाई आधार मानेर उम्मेदवारी कायम गर्नु भनेको छ । यसलाई प्रगतिशील समूहले उपाध्यक्ष, महासचिव, उपमहासचिव र अन्य दुई सदस्य गरेर सबैको उम्मेदवारी कायम भएको बुझेका छन् ।

निर्वाचन समितिले भने उम्मेदवारी फिर्ता लिएका उपमहासचिव र एक सदस्यको उम्मेदवारी रद्द हुने जनाएको छ । ई. सुरज गौतमले उपाध्यक्षमा उम्मेदवारी दिएका ई. देउकाजी गुरुङ र सदस्यमा उम्मेदवारी दिएका ई. लक्ष्मी नारायण चौधरीको प्रस्तावक र समर्थक बनेका थिए । त्यस्तै, ई. कपिल आचार्य महासचिवमा उम्मेदवारी दिएका ई. विरोध रिजाल र उपमहासचिवमा उम्मेदवारी दिएका ई. हिरामान वाईवाको प्रस्तावक बनेका थिए ।

उपाध्यक्ष र महासचिव पद जोगाउन उपमहासचिवमा उम्मेदवारी दिएका वाइवा र सदस्यमा उम्मेदवारी दिएका चौधरीले उम्मेदवारी फिर्ता लिएका थिए । यसरी उम्मेदवारी फिर्ता भइसकेको अवस्थामा यी दुई पद काष्म नहुने र यस विषयमा जिप्रकासँग सोमबार नै सहमति भइसकेको निर्वाचन समितिको भनाइ छ ।

निर्वाचन समितिको बैठक मंगलबार बस्दैछ । बैठकले उम्मेदवारी रद्द भएका र सोमबारको बैठकमा कायम हुने निर्णय भएका उम्मेदवारको नामसमेत अन्तिम उम्मेदवारको नामावलीमा थप्ने तयारी गरेको छ ।

पढ्नुस्, पत्र

र, यो पनि

निर्वाचन समितिको २६ गतेको निर्णय ।

नेईए निर्वाचन: प्रगतिशील समूहका २ इन्जिनियरको उपाध्यक्ष र महासचिव पद कायम !

Your Opnion

//