नारायणघाट–मुग्लिङ सडकखण्डमा पुल बनेपछि २६५ मिटर छोटियो बाटो, डिजल–पेट्रोल बच्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

नारायणघाट–मुग्लिङ सडकखण्डमा पुल बनेपछि २६५ मिटर छोटियो बाटो, डिजल–पेट्रोल बच्ने

नारायणघाट–मुग्लिङ सडकखण्डको जलबीरेमा पुल बनेपछि सो सडकखण्ड २६५ मिटर छोटिएको छ । कोभिड–संक्रमणको समयमा पनि जारी रहेको पुलको काम सकिएर यसै सातादेखि संचालनमा आउने तयारी छ ।

८० मिटर लामो सो पुल रौताहा कन्स्ट्रक्सनले १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् ।

पुलका कारण बाटो छोटिएसँगै दैनिक २० हजारभन्दा बढी सवारी साधन ओहर–दोहर गर्ने यो बाटोबाट पेट्रोल–डिजलको बचत हुनेछ ।

साथै, दुर्घटनाको हिसाबले निकै जोखिम क्षेत्र मानिएको सो सडकखण्डमा पुल बनेपछि दुर्घटनाका घटनामा पनि कमी आउने विश्वास छ ।

सडक विभागका महानिर्देशक ई. अर्जुन जंग थापाका अनुसार ४० मिटर प्रिस्ट्रेस टि–बिम भएको यो पुलको स्टेजिङ हाइट ३१ मिटर रहेको छ । उनका अनुसार यो पुलको फल्स वर्क निरिक्षण गरेर ‘क्रश ब्रेसिङ’ थप्न लगाइएको थियो । सडक विभागले निर्माण गरेका प्रिस्ट्रेस टि–बिम पुलमध्ये धेरै उचाइ भएको यो पहिलो समेत हो ।

यस प्रोजेक्टमा आवद्द इन्जिनियर शिव खनालले पुलको निर्माणले सडक सुरक्षामा सुधार, स्पेर पार्टस्को ‘वेर र टियर’ तथा समयको बचत गर्ने बताएका छन् ।

Your Opnion

//