नेअनको सचिव र सहसचिव विवाद मिलाउन जिल्ला प्रशासनको निर्वाचन समितिलाई पत्र - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

नेअनको सचिव र सहसचिव विवाद मिलाउन जिल्ला प्रशासनको निर्वाचन समितिलाई पत्र

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) प्रदेश २ को दोस्रो प्रदेश कार्यकारिणी समितिको आसन्न निर्वाचनमा देखिएको विवाद मिलाउन जिल्ला प्रशासन कार्यालय जनकपुरधामले नेईए निर्वाचन समितिलाई पत्र लेखेको छ ।

नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल (नेअन) ले आफ्ना दुई महत्वपूर्ण पदका उम्मेदवारको उम्मेदवारी रद्द भएपछि जिल्ला प्रशासन कार्यालय जनकपुरधाममा उजुरी दर्ता गराएको थियो । जिप्रकाले यस विषयमा आवश्यक निराकरण गर्न भन्दै नेईए निर्वाचन समितिलाई पत्र पठाएको हो ।

नेअनले प्रदेश २ मा उम्मेदवारी दर्ता गर्ने पहिलो दिन (२१ गते) ई. गौरी पण्डितको नेतृत्वमा प्यानल दर्ता गरेको थियो । जसमा सचिव पदमा ई. गौरव कुमार सर्राफ र सह–सचिवमा ई. सफल कुमार साहको उम्मेदवारी परेको थियो ।

उम्मेदवारी दिने समय २३ गतेसम्म थियो । दर्ता गर्ने समयभित्र नै यी दुई उम्मेदवारले एक–अर्कासँग पद साटेका थिए । नेअनका अध्यक्ष ई. प्रमोद यादवका अनुसार निर्वाचन समितिको स्वीकृतिमा नै सर्राफले सह–सचिव र साहले सचिवमा उम्मेदवारी हेरफेर गरेका थिए । तर, निर्वाचन समितिले दुवैको उम्मेदवारी रद्द गरिदिएको थियो ।

कुन पदमा उम्मेदवारी दिने भन्ने विषय उम्मेदवारको ब्यक्तिगत अधिकार रहेको र निर्वाचनमा भाग लिन पाउनु लोकतन्त्रको उपज रहेको बताउँदै दुवै उम्मेदवारले जिप्रकामा न्याय माग गरेका थिए ।

यस विषयमा नेअनका पदाधिकारीसँग नेईए केन्द्रीय निर्वाचन समितिले आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको छ । साथै, निर्वाचन समिति नेअनलाई न्याय दिने सवालमा सकारात्मक देखिएको छ ।

Your Opnion

//