जिप्रकाले भन्यो– कोरोनाका कारण इन्जिनियरको निर्वाचन सार्नुपर्ने अवस्था छैन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

जिप्रकाले भन्यो– कोरोनाका कारण इन्जिनियरको निर्वाचन सार्नुपर्ने अवस्था छैन

जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले कोभिड–१९ (कोरोना) संक्रमणका कारण सार्ने तयारी गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को निर्वाचन सार्नुपर्ने अवस्था नरहेको बताएको छ ।

सोमबार जिप्रका प्रतिनिधि, नेईए पदाधिकारी र निर्वाचन समितिसँगको छलफलमा जिप्रकाका प्रतिनिधिले हालको अवस्थामा पूर्वनिर्धारित नेईए निर्वाचन सार्ने भन्दा पनि सावधानी अपनाएर निर्वाचन गर्न सुझाव दिएको हो ।

बैठकमा सहभागी स्रोतका अनुसार बैशाख २४ गते हुने नेईए निर्वाचनलाई कोरोना संक्रमणको हालको अवस्थासँग दाँजेर हेरिएको थियो । तर, हालको अवस्थामा पूर्वनिर्धारित निर्वाचन सार्नुपर्ने त्यति ठूलो कारण नरहेको जिप्रका प्रतिनिधिले बताएका थिए ।

निर्वाचन विद्युतीय मतदान प्रणालीबाट हुँदैछ । सो दिनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान पुरै बुक भएकाले ठाउँ फराकिलो छ । त्यसैले पनि स्वास्थ्य सतर्कता अपनाउँदै निर्वाचन गर्न सक्ने अवस्था छ । तर, निर्वाचन गर्न नचाहने केही पक्षले कोरोना संक्रमणलाई कारण देखाएर निर्वाचन सार्ने चलखेल गरेका थिए ।

स्रोत इन्जिनियर्स पोस्टलाई भन्यो, ‘कोरोनालाई कारण देखाएर निर्वाचन सार्ने चलखेल पनि अब समाप्त भएको छ । बल्ल बैशाख २४ मै निर्वाचन हुने कुरामा ढुक्क भयो ।’

Your Opnion

//