नेईए निर्वाचन: प्रगतिशील समूहका २ इन्जिनियरको उपाध्यक्ष र महासचिव पद कायम ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

नेईए निर्वाचन: प्रगतिशील समूहका २ इन्जिनियरको उपाध्यक्ष र महासचिव पद कायम !

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को आसन्न निर्वाचनमा प्रगतिशील समूहबाट उम्मेदवारी दिएका इन्जिनियरहरुको २ महत्वपूर्ण पद कायम भएको छ । नेईएको निर्वाचन कार्य विधिअनुसार केन्द्रीय कार्य समितिमा उम्मेदवारी दिँदा एकै ब्यक्ति एकभन्दा बढी उम्मेदवारको प्रस्तावक र समर्थक हुन नपाइने भन्दै उनीहरुको उम्मेदवारी रद्द भएको थियो ।

प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) निकट ती उम्मेदवारले निर्वाचन समितिको निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उजुरी दिनेमा उम्मेदवारी रद्द भएका उपाध्यक्ष, महासचिव, उपमहासचिव र एक केन्द्रीय सदस्य थिए ।

उता निर्वाचन समितिले प्रस्तावक र समर्थक एकै ब्यक्ति भएको खण्डमा चैत २६ गतेसम्म उम्मेदवारी सच्याउन दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार आफूहरुले प्रस्तावक र समर्थक सच्याए पनि उम्मेदवारी बदर गरिदिएको भन्दै पीडित पक्ष उजुरी बोकेर जिप्रका पुगेको थियो । सोमबार जिप्रकामा भएको नेईए पदाधिकारी, निर्वाचन समिति र जिप्रका प्रतिनिधिहरुको छलफलमा निर्वाचन समितिको निर्णय सच्याउने सहमति भएको हो ।

तर, उम्मेदवारी फिर्ता लिएका उपमहासचिव र एक सदस्यको उम्मेदवारी भने रद्द भएको छ । यसअघि ई. सुरज गौतमले पेपानबाट उपाध्यक्षमा उम्मेदवारी दिएका ई. देउकाजी गुरुङ र सदस्यमा उम्मेदवारी दिएका ई. लक्ष्मी नारायण चौधरीको प्रस्तावक र समर्थक बनेका थिए ।

त्यस्तै, ई. कपिल आचार्य महासचिवमा उम्मेदवारी दिएका ई. विरोध रिजाल र उपमहासचिवमा उम्मेदवारी दिएका ई. हिरामान वाईवाको प्रस्तावक बनेका थिए ।

उपाध्यक्ष र महासचिव पद जोगाउन उपमहासचिवमा उम्मेदवारी दिएका वाइवा र सदस्यमा उम्मेदवारी दिएका चौधरीले उम्मेदवारी फिर्ता लिएका थिए ।

उम्मेदवारी रद्द भएका उम्मेदवारले निर्वाचान लोकतान्त्रिक विधि र प्रक्रियाबाट हुने भएकाले सामान्य गल्तीलाई सच्याउने मौका दिएर चुनावी मैदानमा जानुपर्ने माग गर्दै आइरहेका थिए ।

निर्वाचन समितिका सदस्य ई. दिपेन्द्र मिश्रका अनुसार आफूहरुले जिप्रका प्रतिनिधिसँग २६ गते दिउँसो २ बजेसम्म सच्याउने समय दिएको र त्यसभन्दा पछिमात्र सच्चिएर आएकाले उम्मेदवारी बदर गरेको जानकारी दिएको बताए । तर, जिप्रका प्रतिनिधिले सूचनाको हकअनुसार निर्वाचन समतिले प्रस्तावक र समर्थक एउटै ब्यक्ति भएको जानकारी उम्मेदवारलाई दिनुपर्ने अवस्थामा त्यसो नगरिएकाले उम्मेदवारी कायम हुनुपर्ने बताएका थिए ।

मिश्रले इन्जिनियर्स पोस्टसँग भने, ‘सामान्य त्रुटीलाई सच्याएर लोकतान्त्रिक पद्दतिमा निर्वाचनमा सबैको सहभागिता आवश्यक रहेको कुरा जिप्रकाबाट आयो ।’

यसबारे जिप्रकाले मंगलबार बिहान नेईएलाई पत्र पठाउनेछ । पत्रका आधारमा नेईएले निर्णय गर्ने बुझिएको छ ।

यसअघि समाचारमा दिपेन्द्र मिश्र हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ– सम्पादक ।

Your Opnion

//