कक्षा र परीक्षाको वैकल्पिक उपाय खोज्न इन्जिनियरिङका विद्यार्थीको माग - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

कक्षा र परीक्षाको वैकल्पिक उपाय खोज्न इन्जिनियरिङका विद्यार्थीको माग

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुको संस्था इन्जिनियरिङ विद्यार्थी समाजले कोभिड–१९ ले देशको अवस्था फेरि जटिल मोडमा पुर्याउन थालेकाले शैक्षिक प्रणालीमा सुधार गर्न माग गरेको छ ।

समाजले पढाई र परीक्षा प्रणालीमा सुधार गर्दै नयाँ उपाय अपनाउन माग गर्र्दै एक विज्ञप्तिसमेत जारी गरेको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि विधिन्न संकायमा कोभिड संक्रमण फैलिएको उल्लेख गर्दै समाजले यसतर्फ सचेत बनाएको छ ।

समाजका अध्यक्ष विरेन्द्र सिंह बडाल र महासचिव सागर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पठनपाठक र परीक्षाको वैकल्पिक सिकाइका प्रभावकारी उपायहरु अपलम्बन गरी तत्काल लागू गर्न माग गर्दर्छौँ ।’

पछिल्लो वर्ष कोभिडका कारण परीक्षा एक वर्ष पछाडि सरेको र अहिले पनि त्यस्तो अवस्था नआउला भन्न नसकिने भएकाले अनलाइन परीक्षा प्रणालीको तयारी गर्नुपर्ने माग राख्दै केही समयदेखि विभिन्न विश्वविद्यालयले विद्यार्थी समूहले विज्ञप्ति जारी गरिरहेका छन् ।

Your Opnion

//