उजुरी बोकेर जिल्ला प्रशासन पुगे नेईए निर्वाचन समितिबाट पीडित इन्जिनियरहरु (उजुरीसहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

उजुरी बोकेर जिल्ला प्रशासन पुगे नेईए निर्वाचन समितिबाट पीडित इन्जिनियरहरु (उजुरीसहित)

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए), निर्वाचन समितिले आफ्नै निर्णय विपरित आफूहरुको उम्मेदवारी रद्द गरेको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा उजुरी दिएको छ ।

निर्वाचन समितिले एक ब्यक्तिले एकभन्दा बढी उम्मेदवारलाई समर्थन या प्रस्ताव गरेको खण्डमा सच्याउन दिने निर्णय गरेको तर व्यवहारमा लागू नगरेको भन्दै पीडित पक्षले न्याय माग्दै उजुरी दिएको हो ।

निर्वांचन समितिले चैत २७ गतेसम्मको समय दिएर प्रस्तावक वा समर्थक सच्याउने अवसर दिएको र आफूहरुले सो समयसीमाभित्र सच्याएको भए तापनि उम्मेदवारी रद्द गरिएकोप्रति आपत्ति जनाउँदै पीडित पक्षले प्रमुख जिल्ला अधिकारी समक्ष न्याय माग गरेको हो ।

आफैले गरेको निर्णयको विरुद्दमा गएर उम्मेदवारले पाउने प्राकृतिक, नैंसर्गीक र लोकतान्त्रिक अधिकारको हनन गरी उम्मेदवार हुनबाट बञ्चित गरेको भन्दै उपाध्यक्षका उम्मेवार ई. देउकाजी गुरुङ, महासचिवका उम्मेदवार ई. विरोध रिजाल, उपमहासचिवका उम्मेदवार ई. हिरामान वाईवा, सदस्यका उम्मेदवार ई. लक्ष्मी नारायण चौधरी र लोकनाथ रेग्मीले उजुरी दिएका हुन् ।

यी उम्मेदवारले निर्वाचन समितिको गलत निर्णय सच्याउन पहल गर्न आग्रहसमेत गरेका छन् ।

यस विषयमा थप जानकारीका लागि तलको समाचार पढ्नुहोलाः

नेईए निर्वाचन समितिले एक पक्षलाई साथ र अर्को पक्षलाई घात गरेको प्रमाण भेटियो

Your Opnion

//