थप इन्जिनियरिङ शैक्षिक सहकार्यका लागि आइओईद्धारा आइआईटी भ्रमण, रिसर्चको बाटो खुल्यो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

थप इन्जिनियरिङ शैक्षिक सहकार्यका लागि आइओईद्धारा आइआईटी भ्रमण, रिसर्चको बाटो खुल्यो

इन्जिनियरिङ शैक्षिक कार्यक्रम थप सक्रिय बनाउन इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटी रुड्की, आइआईटी दिल्ली र साउथ एसियन युनिभर्सिटीको भ्रमण गरेको छ । आइओईसँगको एमओयुअनुसार स्नातक तह, स्नात्तकोत्तर र पिएचडी तहको थप शैक्षिक सहकार्यका लागि सो भ्रमण गरिएको हो ।

चैत १७ देखि २३ गतेसम्म रहेको उक्त भ्रमण कार्यक्रममा चार जनाको टोली सहभागी थियो । भ्रमण टोलीको नेतृत्व त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा शिवलाल भुषालले गरेका भने टोलीमा आइओईका सहायक डीन प्रा.डा सुशील बज्राचार्य, सहायक डीन चिन्तामणी पोख्रेल र प्रा.डा. संगीता सिंह थिए ।

उक्त टिमले साउथ एसियन युनिभर्सिटीका एक्टिङ प्रेसिडेन्ट आर मोहन्तीसँग भेटवार्ता गरेको थियो । भेटमा आइओई, त्रिवि र साउथ एसियन युनिभर्सिटी मिलेर के–कस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । आइआईटी दिल्ली र रुड्कीका डिरेक्टर, डेपुटी डाइरेक्टर, डीन र प्रोफेसरहरुसँग भएको भेटर्वार्तामा सबैको सहकार्यमा नयाँ विषयवस्तुमा पिएचडी अध्ययनका लागि कार्यक्रम कसरी सञ्चालन गर्ने, स्नातक तथा स्नात्तकोत्तर तहका शैक्षिक कार्यक्रम उन्नत रुपमा कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिएको थियो ।

आइओई र आइआईटीको सम्झौतापत्र (एमओयु)अनुसार थप शैक्षिक सहकार्यका लागि सो भ्रमण गरिएको आइओईका सहायक डीन प्रा.डा. सुशील बज्राचार्यले इन्जिनियर्स पोष्टलाई बताए । ‘आइओई र आइआईटीको एमओयुअनुसार हामी यसपटक तीन वटा विश्वविद्यालय पुग्यौँ, साउथ एसियन युनिभर्सिटी साक, आइआइटी दिल्ली, आइआईटी रुड्की’ उनले भने, ‘एमओयुअनुसार एकअर्कासँग रिसर्च सहकार्य, शैक्षिक सहकार्य अघि बढाउन र थप मजबुत बनाउनका लागि हामीले प्रोफेसरहरु एक्सचेन्ज गर्छौँ र गेष्ट लेक्चरल सेयर लगायत विभिन्न शैक्षीक कार्यक्रमहरु सञ्चालन गर्छौँ ।’ अहिले भ्रमणमा जानुको उद्देश्य भने एमओयुअनुसार विगतका केही वर्षहरुमा सुस्ताएका शैक्षिक गतिविधीहरु ब्यूझाउन, थप सहकार्य गर्न, त्यसलाई थप प्रभावकारी बनाउन, शैक्षीक सम्बन्ध थप सुमधुर बनाउन र आइओईलाई घनिभूत रुपमा अर्को लेभलसम्म पुर्याउने विषयमा छलफल गर्नु रहेको उनले बताए ।

बज्राचार्यकाअनुसार आइआईटी दिल्ली र रुड्कीसँग विगतदेखि नै आइओईको राम्रो सम्बन्ध रहिआएको छ । यद्यपि, एमओयुअनुसार कतिपय शैक्षिक कार्यक्रमहरु प्रभावकारी भएका छैनन् ।

‘विगतका दिनहरुमा हामीकहाँ पर्याप्त प्रोफेसर नहुँदा आइआईटीका प्रोफेसरहरु आएर आइओई स्नातकका विधार्थीलाई पढाउँथे र हामीले पनि सहयोग गर्थ्यौँ’ सहायक डीन प्रा.डा. बज्राचार्यले भने, ‘तर बीचमा सम्बन्ध राम्रो रहिरहन सकेन । उक्त सम्बन्धलाई पुनः राम्रो बनाउन मलगायत टिमले गत वर्ष र यो वर्ष विभिन्न आइआईटी युनिभर्सिटीहरुमा भ्रमण गरेका छौँ । यसपाली हामीले आइआईटीका ल्याबहरु भिजिट गर्याँै र नेपालमा यस्ता सम्भावनाबारे विभिन्न विषय विशेषज्ञसँग भेटेर छलफल गरेका छौँ । हामीले आइआईटी दिल्ली र रुड्कीबाट सिक्नुपर्ने कुराहरु थुप्रै छन् ।’ आगामी वर्षको लागि आइआईटी प्रोफेसरलाई रिसर्च कोल्याबोरेसनका लागि निम्तो गरिएको उनले बताए ।

बज्राचार्यकाअनुसार आइओईले हालसालै सञ्चालनमा ल्याएको केमिकल इन्जिनियरिङ, अर्थक्वेक इन्जिनियरिङ, डिजास्टर रिस्क म्यानेजमेन्ट, रोबोटिक्स इन्जिनियरिङ, हाइड्रो र रिन्युएबल एनर्जी र इलेक्ट्रिक भेइकल इन्जिनियरिङमा नेपालमा के गर्न सकिन्छ भन्नेबारे रिसर्चका लागि आइआईटी प्रोफेसरलाई निम्तो गरिएको हो ।

अंग्रेजहरुले स्थापना गरेको रुड्की २०० वर्ष पुरानो इन्जिनियरिङ विश्वविद्यालय हो । भारतमा आइआईटी रुड्की र आइआईटी दिल्ली सबैभन्दा शीर्ष इन्जिनियरिङ संस्थान हुन् । विगतमा इन्जिनियरिङ विषय पठनपाठनका लागि नेपालका विधार्थीहरु रुड्की विश्वविद्यालय पढ्न जान्थे । सो प्रक्रिया हाल पनि जारी छ ।

पछिल्लो समय एमओयुअनुसार गरिएको सहकार्यमा छात्रवृत्ति कार्यक्रममार्फत विभिन्न तह र क्षेत्रको इन्जिनियरिङ शिक्षा हासिल गर्न हरेक वर्ष नेपाली विधार्थीहरु आइआईटी पुग्ने गर्छन् । आइआईटी रुड्कीमा हाल ३५ जना नेपाली विधार्थी अध्ययनरत छन् भने आइआईटी दिल्लीमा १६ जना छन् ।

आइआईटी र आइओईको सम्झौता
सहायक डीन बज्रचार्यकाअनुसार आइआईटी दिल्ली र रुड्कीसँग एमओयु सन् १९८० अर्थात् ४० वर्षअघि भएको थियो । जुन हरेक तीन देखि ५ वर्षको अन्तरालमा नविकरण हुने गर्छ । शैक्षिक सहकार्यसँग सम्बन्धित यस्तोखाले एमओयु आइओईले विभिन्न ५२ वटा मुलुकसँग गरेको छ । भारतको शीर्ष ५ वटा आइआईटी (रुड्की, दिल्ली, कानपुर, बम्बइ, खडकपुर) सँग सहकार्य छ । यी शीर्ष ५ वटा आइआईटी युनिभर्सिटीसँग गरिएको एमओयु भने विषयअनुसार फरक–फरक छन् ।

मोदी सरकार अगाडि, नेपाल सरकार पछाडि
भारतको आइआईटी रुड्की र दिल्ली युनिभर्सिटी विश्वव्यापी रुपमा परिचित छन् । मोदी सरकारले आइआईटी क्षेत्रमा ठूलो लगानी गरेको छ । तर नेपाल सरकारले आइओईलाई तलब खाने पैसाबाहेक केही दिन नसकेको प्रा.डा बज्राचार्यको गुनासो छ । ‘मोदी सरकारले प्रधानमन्त्री कोषबाट रिसर्चका लागि सिधा आइआईटीलाई पैसा (फन्ड) दिन्छ’ इन्जिनियर्स पोस्टँिग उनले भने, ‘तर नेपालमा प्राविधिक शिक्षालाई सरकारले प्राथमिकतामा राख्ने भन्छ मात्र इन्जिनियरिङ क्षेत्रको रिसर्चका लागि खर्च गर्दैन ।’

उनकाअनुसार आइआईटी रुड्कीमा मात्र हाल २ हजार स्कोलरले पिएचडी गर्दैछन् भने हरेक वर्ष २०० जना पिएचडी स्कोलर उत्पादन गर्छ । आइआईले वर्षमा १२ जना पिएचडी स्कोलर उत्पादन गर्छ ।

Your Opnion

//