हाइड्रोपावरलाई इन्जिनियरसहित विभिन्न पदमा ९७ कर्मचारी आवश्यक (विज्ञापनसहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Jobs

हाइड्रोपावरलाई इन्जिनियरसहित विभिन्न पदमा ९७ कर्मचारी आवश्यक (विज्ञापनसहित)

निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले इन्जिनियरसहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । ठेकेदार कम्पनी शुइफा एएनएचई ग्रुप कम्पनीले इन्जिनियरसहित ९७ कर्मचारी माग गर्दै विज्ञापन खोलेको छ ।

कम्पनीले थुप्रै र इन्जिनियर सब–इन्जिनियरसहित एक आयोजना प्रबन्धक, एक उप–प्रबन्धक र एक प्रबन्ध निर्देशक माग गरेको छ । त्यस्तै, २० प्रबन्धक, ३५ प्राविधिक र वित्तीय विभागका लागि ३, प्रशासन विभागका लागि ५ र खरिद विभागका लागि ५ कर्मचारी माग गरेको छ ।

त्यस्तै,  आयोजनाले ८२ जना  स्नातक र डिप्लोमा गरेका इन्जिनियर र सब–इन्जिनियर माग गरेको हो ।

बागमति प्रदेशको रसुवा र नुवाकोट जिल्लामा पर्ने यो आयोजनामा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानी रहेको छ । यसको उत्पादन क्षमता ३७ मेगावट हुनेछ भने नविल बैंकले ऋण प्रदान गर्नेछ ।

थप जानकारीका लागि ०१–५९०२९६४ मा सम्पर्क गर्नुहोला ।

Your Opnion

//