कृषि इन्जिनियरको दरबन्दी माग गर्दै नेपाल कृषि इन्जिनियर्स सोसाइटीले बुझायो ज्ञापनपत्र - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

कृषि इन्जिनियरको दरबन्दी माग गर्दै नेपाल कृषि इन्जिनियर्स सोसाइटीले बुझायो ज्ञापनपत्र

नेपाल कृषि इन्जिनियर्स सोसाइटीले प्रदेश २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । प्रदेश २ मा प्रादेशिक मातहतका सम्बन्धित कार्यालय तथा स्थानीय तहमा कृषि इन्जिनियरको दरबन्दीको मागसहित बुधबार मन्त्री शैलेन्द्रप्रसाद शाह र सचिव सम्झनाकुमारी काफ्लेसमक्ष उक्त ज्ञापनपत्र बुझाएको हो ।

कृषि अथवा खाद्य सुरक्षा चाहने हो भने सबैभन्दा पहिले कृषिमा आधुनिकीकरण हुन जरुरी छ । जसका लागि कृषि इन्जिनियरको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले कृषि इन्जिनियरको दरबन्दी आवश्यक रहेकोले ज्ञापन पत्र बुझाएको सोसाइटीका सचिव तथा प्राध्यापक ई. सागर काफ्लेले बताए ।

‘कृषि आधुनिकीकरणमा कृषि इन्जिनियरले भूमिका खेल्न सक्छन्,’ उनले इन्जिनियर्स पोस्टलाई भने, ‘त्यसैले प्रदेशस्तरीय मन्त्रालय, कृषि निर्देशनालय, कृषि ज्ञान केन्द्रलगायत प्रदेश र स्थानीय तहमा कृषि सम्बन्धी जति पनि कार्यालय छन्, त्यहाँ कृषि इन्जिनियरलाई भूमिका प्रदान गर्नुपर्छ । यसका लागि  हामीले देशभरि अभियान गरिरहेका छौं ।’

काफ्लेका अनुसार बुधबार प्रदेश २ को गोलबजार नगरपालिकाका मेयर देवनाथ यादव तथा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं समक्ष प्रदेश तथा स्थानीय तहमा कृषि इन्जिनियरको दरबन्धी राख्ने मागसहित छलफल भएको छ । सोसाइटीको यो मागप्रति नगरप्रमुख सकारात्मक रहेको उनले बताए । ‘अब आगामी आर्थिक वर्षदेखि ‘ओ एन्ड एम’ बाट कम्तिमा पनि मन्त्रालयमा १ र निर्देशनालयमा १ गरी २ जना कृषि इन्जिनियरको दरबन्दीको व्यवस्था गर्ने मन्त्रीले आश्वासन दिएका छन्,’ उनले भने, ‘दुवै नगरपालिका मेयरले पनि कृषि इन्जिनियरको दरबन्दी राख्छौं भनेका छन् ।’

नेपाल कृषि इन्जिनियर्स सोसाइटीका अध्यक्ष ई. देवराज निरौला र सचिव ईं काफ्लेको नेतृत्वमा सातै प्रदेशमा कृषि इन्जिनियरको दरबन्दी हुनपर्छ भन्ने अभियान विगत २ वर्षदेखि हुँदै आएको छ । सोही अभियानअन्तर्गत प्रदेश २ मा हिजो ज्ञापनपत्र बुझाएको ई. काफ्लेले बताए ।

उनले भने, ‘हामीले प्रदेश २ सरकारलाई उक्त दरबन्दी राख्नेमा सकारात्मक बनाएका छौं । अब सातै प्रदेशमा दरबन्दी ल्याउन कृषि इन्जियिरहरूले स्थानीय तथा प्रदेश सरकारलाई बारम्बार घचघचाइरहन जरुरी छ ।’

Your Opnion

//