इन्जिनियरिङ अध्ययन संस्थानका सह–प्राध्यापक साहुसहित ७ जानालाई बौद्दिक चोरीमा कारबाही - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङ अध्ययन संस्थानका सह–प्राध्यापक साहुसहित ७ जानालाई बौद्दिक चोरीमा कारबाही

बौद्दिक चोरीको आरोप लागेका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का एक अवकाश प्राप्त प्राध्यापकसहित ७ जना कारबाहीमा परेका छन् । त्रिविको कार्यकारी परिषद्ले बौद्धिक चोरीको आरोपमा प्राध्यापक, आंशिक प्राध्यापक र सहप्राध्यापकलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा त्रिविको इन्जिनियरिङ अध्ययन संस्था, पूर्वाञ्चल क्याम्पस धरानका सह–प्राध्यापक युवराज साहुसमेत रेहका छन् । उनले इन्जिनियरिङ एण्ड साइन्ससम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा सामूहिक रुपमा चोरी गरेर सामग्री प्रकाशित गरेका थिए । उनले हाल केमेस्ट्रीमा त्रिविबाट पिएचडीसमेत गरिरहेका छन् ।

फ्रान्सका प्राध्यापक आरमेली वेलले आफ्नो कृति ‘क्रिस्टल स्ट्रक्चर’ बाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो नाममा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिविलाई इमेल लेखेका थिए ।

सोबारे छानबिन गर्न त्रिविले छानबिन समितिसमेत गठन गरेको थियो । समितिले सामग्री चोरी भएको निस्कर्ष निकालेको थियो । सोही आधारमा अवकाश प्राप्त प्राध्यापक डा. परशुराम मिश्र, आंशिक प्राध्यापक रोहित देव, सहप्राध्यापक जनक अधिकारी, युवराज साहु, विमल कुमार कण्ठ, हरेराम मिश्र र कल्पना मिश्रलाई परिषद्ले कारबाही गरेको छ । त्यस्तै, यस कार्यमा संलग्न कल्पना मिश्र त्रिविसँग सम्बन्धित नरहेको समेत जानकारी दिइएको छ ।

उनीहरुको हालसम्म विभिन्न जर्नलमा छापिएको आर्टिकल अमान्य हुने, दुई वर्षसम्म कुनै पनि अध्ययन–अनुसन्धानमा सहभागी हुन नपाउने, थेसिस गाइड तथा सुपरीवेक्षक बन्न नपाउनेलगायतका कारबाहीमा परेका छन् । रोहित कुमार देवले आगामी दुई वर्षसम्म कक्षा संचालन गर्न पाउने छैनन् ।

Your Opnion

//