अब इन्जिनियरिङका पुस्तक तथा थेसिस घरमै बसेर निःशुल्क पढ्न पाइने (लिंकसहित) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

अब इन्जिनियरिङका पुस्तक तथा थेसिस घरमै बसेर निःशुल्क पढ्न पाइने (लिंकसहित)

त्रिभुवन विश्वविद्यालय (त्रिवि), केन्द्रीय पुस्तकालयले घरमै बसेर अनालइनमार्फत पुस्तक पढ्न पाउने व्यवस्था गरेको छ । बेलायतबाट ३२ लाखमा सफ्टवेयर खरिद गरेर त्रिविले विदेशी पुस्तक तथा थेसिसहरु पढ्न पाउने व्यवस्था गरेको हो ।

रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल, लेखरचनालगायतका सामग्री पढ्ने व्यवस्था गरेको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार त्रिविअन्तर्गतका आंगिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले यो सुविधा प्राप्त गर्नेछन् । इन्जिनियरिङ कलेजतर्फ सगरमाथा इन्जिनियरिङ कलेज डाटाबेसमा जोडिएको छ ।

डाटाबेशमा चार लाख ५० हजार ई–पुस्तक, ५० लाख ई–थेसिस र हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेको पुस्तकालयले जनाएको छ ।

डाटाबेसमा इन्जिनियरिङ क्षेत्र र शिक्षासँग सम्बन्धित हजारौँ सामग्रीहरु पनि समावेश गरिएका छन् ।

आफ्नो नाम दर्ता गर्नका लागि तलको लिंकमा जानुहोलाः

https://forms.office.com/Pages/ResponsePage.aspx?id=fih6RUnGVUOBfjD3KOV42E86hsGFAvNDjRXZX9_Sh79UQUhRQzdDVDFaSDFGNVRMOUVDRDU0M0ZGVC4u

Your Opnion

//