सोनाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, महासचिवका लागि मतदान - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

सोनाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, महासचिवका लागि मतदान

सोसाइटी अफ नेप्लिज आर्किटेक्टटस् (सोना) को २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरको होटल हिमालयनमा भएको सभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिजेदन पेश भएको छ ।

महासचिवको प्रतिवेदनमा सोनाको १३ औँ कार्यकारी समितिले आर्किटेक्चरल डिस्कोर्स, क्षमता बृद्दि, डिजाइन प्रतियोगिता, प्रकोप व्यवस्थापन, राष्ट्रिय सम्मेलनजस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरेको उल्लेख छ ।

महासचिव आ. सुरज खनालद्वारा प्रस्तुत प्रतिवेदनमा सोनाको पहलमा ‘आर्किटेक्चर काउन्सिल ऐन’ तयार हुनुलाई महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ । त्यस्तै, युनिभर्सल ट्वाइलेट प्रोजेक्ट र पर्यावरणीय उत्तरदायि आर्किटेक्चर गाइडलाइन ल्याउन सफल हुनु सोनाको थप उपलब्धी भएको यल्लेख गरिएको छ ।

कार्यक्रममा सोनाकी अध्यक्ष आ. अञ्जु मल्ल प्रधानले आफूहरुले सोनालाई माथि ल्याउनका लागि विभिन्न कार्यहरु गरेको र अब थप जिम्मेवारी नयाँ कार्य समितिमा आएको बताइन् । उनले हालसम्म सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत दिइन् ।

साथै, शुक्रबार नै सोनाको १४ औँ कार्य समितिको निर्वाचनसमेत सम्पन्न भएको छ । महासचिवबाहेक सबै पदमा पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका छन् । महासचिव पदका लागि भने आ. अपिल केसी र आ. भगवत भट्ट खोकिलबीच प्रतिस्पर्धा भएको छ । नतिजा शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ ।

सोनाको आगामी अध्यक्ष आ. राजेश थापा बनेका छन्। त्यस्तै, उपाध्यक्षमा आ. सुनिता सुवेदी, उपमहासचिवमा आ. नविन घिसिङ र कोषाध्यक्षमा आ. प्रनिता शर्मा पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा आ. लोकेन्द्र आचार्य, आ. मिमांङ हाङ किरात, आ. अनिल भट्टराई र आ. अनत्त श्रेष्टाचार्य निर्विरोध निर्वाचित भएका छन् ।

Your Opnion

//