सोनामा अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष निर्विरोध, सदस्य पद खाली ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

सोनामा अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्ष निर्विरोध, सदस्य पद खाली !

सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) को १४ औँ कार्य समितिका लागि आर्किटेक्टहरुमा खासै रुचि देखिएको छैन ।

यसअघि सोनाको निर्वाचन प्रतिस्पर्धात्मक हुने भएको भए तापनि यस पटक महासचिवबाहेक सबै पदमा पदाधिकारी तथा कार्य समिति सदस्यहरु निर्विरोध निर्वाचित हुने भएका छन् । ५ सदस्यीय कार्य समिति सदस्यमा ४ जनाको मात्र उम्मेदवारी परेको छ ।

चैत ६ गते हुने निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव कोषाध्यक्ष र ४ सदस्य निर्विरोध निर्वाति हुने भएका छन् । साथै, एक सदस्य भने अपुग हुने देखिएको छ ।

महासचिव पदका लागि भने आ. अपिल केसी र आ. भगवत भट्ट खोकिलले उम्मेदवारी दिएका छन् । सोनाको निर्वाचनमा महासचिव पदका लागि मात्र प्रतिस्पर्धा हुने भएको हो ।

सोनाको आगामी अध्यक्ष आ. राजेश थापा बन्ने निश्चित भएको छ । त्यस्तै, उपाध्यक्षमा आ. सुनिता सुवेदी, उपमहासचिवमा आ. नविन घिसिङ र कोषाध्यक्षमा आ. प्रनिता शर्मा पाण्डे निर्विरोध निर्वाचित हुने भएका छन् ।

त्यस्तै, सदस्यहरुमा आ. लोकेन्द्र आचार्य, आ. मिमांङ हाङ किरात, आ. अनिल भट्टराई र आ. अनत्त श्रेष्टाचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सोनाको सदस्यता १५ सयले लिएपछि निर्वाचनको अन्तिम मतदाता नामावली सार्वजनिक हुँदा ७१९ को नाम मात्र आएको थियो । धेरैले सदस्यता नवीकरण नगरेको र नयाँ सदस्यता लिनेहरुको पनि आकर्षण नदेखिएका कारण यस्तो अवस्था आएको हो ।

सोनाका सदस्य आ. सुमन ढकालका अनुसार नयाँ सदस्यता शुल्क २ हजार र नवीकरण शुल्क हजार रुपैयाँ बढी भएकाले पनि धेरैले नयाँ सदस्यता लिने र नवीकरण नगरेका हुन् । इन्जिनियर्स पोस्टसँग उनले भने, ‘नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ सदस्यता शुल्क ७ सय छ । तर, यहाँ २ हजार हुँदा भर्खरै पास आउट भएका र जागिर पनि नगरेका आर्किटेक्टलाई २ हजार तिरेर सदस्य बन्ने मन नलागेको पनि हुनसक्छ ।’

यसअघि कार्य समितिमा रहेका पदाधिकारीले माथिल्लो पद र सदस्यहरुले पदाधिकारीमा उम्मेदवारी दिने गरे तापनि यस पटक १३ औँ कार्य समितिबाट उम्मेदवारी नआउनु पनि १४ औँ कार्य समितिमा उम्मेदवारी कम हुनु अर्को कारण हो ।

त्यस्तै, सोनाको कार्य समिति सदस्य हुनका लागि सदस्यता लिएको २ वर्ष र पदाधिकारीमा उम्मेदवारी दिनका लागि एक पटक कार्य समिति सदस्य बन्नुपर्छ । त्यसैले पनि उम्मेदवारी कम परेको जानकारहरु बताउँछन् ।

Your Opnion

//