थेसिसमा हुने बौद्दीक चोरी पत्ता लगाउन अमेरिकाबाट सफ्टवेयर किन्दै त्रिभुवन विश्वविद्यालय - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

थेसिसमा हुने बौद्दीक चोरी पत्ता लगाउन अमेरिकाबाट सफ्टवेयर किन्दै त्रिभुवन विश्वविद्यालय

थेसिसमा बौद्दीक चोरीका घटना बढेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सफ्टवेयर ल्याउने भएको छ । त्रिविले प्लेजरिजम डिडेक्टर (चोरी पत्ता लगाउने) सो सफ्टवेयर खरिदका लागि केही दिनमै प्रक्रिया अघि बढाउने भएको छ ।

सफ्टवेयरले मास्टर्स, एमफिल र पीएचडीको थेसिसमा हुने बौद्दीक चोरी पत्ता लगाउने त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।

यो सफ्टवेयर नेपालले अमेरिकाबाट खरिद गर्न लागेको हो । एक वर्षसम्म काम गर्न सक्ने क्षमताको सफ्टवेयरको करिब २५–३० लाख नेपाली रुपैयाँ पर्नेसमेत प्रमुख श्रेष्ठले बताए ।

उनले भने, ‘यो हाम्रो केही समय अघिकै योजना हो । तर, हामीलाई सफ्टवेयरबारे बुझ्न, अध्ययन गर्न समय लाग्यो । अब भने एक–डेढ महिनाभित्र सबै प्रक्रिया पुरा गरेर ल्याउने तयारीमा छौँ ।’

सफ्टवेयरको आइपी प्रत्येक डिपार्टमेन्टलाई दिइन्छ । कसैले थेसिस बुझायो भने त्यसको जाँच हुन्छ र चोरी भएको छ–छैन पत्ता लाग्छ । विद्यार्थीले आफै पनि आफ्नो थेसिस हेर्न सक्ने श्रेष्ठले बताए ।

उनी भन्छन्, ‘थेसिसमा बौद्दीक चोरीका घटनाहरु निकै भइरहेका छन् । सफ्टवेयर आएपछि त्यसको नियन्त्रण हुनेछ । कसैको बौद्दीक सम्पत्ति अर्कोले चोरी गर्न पाउने छैन ।’

हाल एक ब्यक्तिको थेसिस अर्को कुनै ब्यक्तिसँग १५ प्रतिशतसम्म मिलेमा त्यसलाई मान्यता दिने प्रचलन छ ।

Your Opnion

//