साओमीले गर्यो ‘रेडमी नोट १०’ सिरिजका ४ स्मार्टफोन सार्वजनिक - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Technology

साओमीले गर्यो ‘रेडमी नोट १०’ सिरिजका ४ स्मार्टफोन सार्वजनिक

साओमीले ‘रेडमी नोट १०’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीले उक्त सिरिजअन्तर्गतका ‘नोट १०’, ‘नोट १० एस’, ‘नोट १० प्रो’ र ‘नोट १० फाइभजी’  गरी ४ मोडलका स्मार्टफोन सार्वजनिक गरेको हो । तीमध्ये ‘नोट १० प्रो’ का विशेषता यस्ता छन्,

६.६७ इन्च १ हजार ८० पी ओएलईडी डिस्प्लेका साथ सार्वजनिक भएको त्यसमध्ये ‘नोट १० प्रो’ मा १ सय २० हर्जको रिफ्रेस रेट रहेको छ । यसमा १ सय ८ मेगापिक्सलको मुख्य क्यामेरा रहेको छ ।

८ मेगापिक्सलको अल्ट्रावाइड, ५ को टेली म्याक्रो र २ को डेप्थ सेन्सर दिइएको छ । सेल्फिका लागि भने १६ मेगापिक्सलको क्यामेर सेटअफ गरिएको छ । त्यसैगरी स्न्यापड्रागन ७ सय ३२ प्रोसेसर, ६ र ८ जिबी र्याम र १ सय २८ जिबी रोम उपलब्ध छ भने ५ हजार २० एमएएचको शक्तिशाली ब्याट्री दिइएको छ ।

विशेष विशेषता भनेको फास्ट चार्जिङका लागि ३३ वाटको चार्जिङ सिस्टम सेट गरिएको छ ।

Your Opnion

//