इन्जिनियरहरुको निर्वाचन बैशाख २४ मा सर्यो - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियरहरुको निर्वाचन बैशाख २४ मा सर्यो

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को ३३ औँ कार्य समिति, प्रदेश सभापति र नेईएबाट नेपाल इन्जिनियरिङ परिषद्मा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि बैशाख २४ गते निर्वाचन हुने भएको छ ।

नेईए कार्य समितिको बैठकले चैत २० गते तोकिएको निर्वाचन बैशाख २४ गते सारेको हो । यसअघि जेठ १४ गते निर्वाचन सार्ने विषयमा असन्तुष्ट पक्ष पनि बैशाख २४ गतेबाट पछि नहट्ने गरी निर्वाचन सार्न सहमत भएका छन् । नेईए निर्वाचन सरेको बारे केही बेरमा आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।

निर्वाचन सार्ने विषयमा बिहीबार आह्वान गरिएको बैठकमा कोरम नपुगेपछि निर्णय हुन नपाए पनि माइनुट भइसकेको थियो । शुक्रबारको बैठकले बहुमतबाट निर्वाचन सार्ने पक्षमा निर्णय गरेको हो ।

साथै, नेईएले नयाँ सदस्यता आवेदन तथा पुरानो सदस्यता नविकरण गर्ने समय चैत १० गतेसम्मका लागि थप गरेको छ ।

Your Opnion

//