शेयर मार्केटमा लगानी गर्दा एक इन्जिनियरले गुमाए २८ लाख - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

शेयर मार्केटमा लगानी गर्दा एक इन्जिनियरले गुमाए २८ लाख

स्टक मार्केटको चक्करमा भारतस्थित दक्षिण मुम्बईका एक २५ वर्षीय इन्जिनियरले २८ लाख ५६ हजार रुपैयाँ गुमाउनु परेको छ । सानो लगानीबाट टन्नै पैसा कमाउने लोभमा ती इन्जिनियरको मोटो रकम गुमेको हो ।

गत शाता ती इन्जिनियरले शेयर मार्केटमा आफूले लगानी गरेको २८ लाख ५६ हजार गुमेको भन्दै प्रहरीसमक्ष तीन जनालाई पक्राउका लागि उजुरी दिएका थिए । मुम्बई प्रहरीले उनीहरुलाई पक्राउसमेत गरेको छ । पक्राउ पर्नेहरु नक्कली स्टक व्यापार गर्ने व्यापारी रहेको मुम्बई प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्ने तीन जनामध्ये एकजना एमबीए डिग्री हासिल गरेका व्यक्ति छन् । तिनै जनाले नक्कली स्टक व्यापार गर्दै आएका थिए । उनीहरुले स्टक मार्केटमा सानो रकम लगानी गर्दा ठूलो रकम पाइने भन्दै सर्वसाधारण र लक्षित वर्गलाई लोभ्याउँदै आएका थिए । पीडित हुनेमा सामाजिक सञ्जालको भरमा लगानी गरेका अधिकांश लगानीकर्ता रहेका छन् ।

उनीहरुले डिम्याट खाता खोल्न लगाउने, ग्राहकको सबै बैंक विवरण पत्ता लगाउने र फोन गरेर कुन शेयरमा लगानी गर्दा नाफा हुन्छ भनेर आफै गाइड गरेर ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । –एजेन्सी

Your Opnion

//