नेपाल बैंकले माग्यो १९२ स्थायी कर्मचारी, इन्जिनियरहरुलाई पनि अवसर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Jobs

नेपाल बैंकले माग्यो १९२ स्थायी कर्मचारी, इन्जिनियरहरुलाई पनि अवसर

नेपाल बैंक लिमिटेडले १९२ पदमा स्थायी कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । जसमध्ये सहायक प्रबन्धक (आइटी, छैठौं) तहमा इन्जिनियरका लागि समेत अवसर छ ।

कम्युटर इन्जिनियरिङमा न्यूनतम दोस्रो श्रेणीमा स्नातक गरेको र एक वर्षको कामको अनुभव भएकाले जागिरका लागि आवेदन भर्न पाउनेछन् ।

सहायक प्रबन्धक पदमै बैंकले ३४ जना कर्मचारी मागेको छ । सहायक प्रबन्धकामा मान्यताप्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेकोले आवेदन भर्न पाउनेछन् ।

त्यस्तै, सहायक प्रबन्धक (सीए) अन्तर्गत मान्यता प्राप्त संस्थाबाट सि.ए./ए.सि.सि.ए. उत्तीर्ण गरेकाले आवेदन भर्न पाउनेछन् ।

साथै, बैंकले अन्य विभिन्न पदमा आवेदन खोलेको छ । तह ४ र तह ३ सहित प्रदेश कार्यालयका लागि पनि कर्मचारी माग गरिएको छ । सूचना आजको गोरखापत्रमा प्रकाशित छ ।

अनलाइन फाराम भर्नका लागि तलको लिंकमा जानुहोलाः

https://www.nepalbank.com.np/assets/upload/career/20200306132152_209647432.pdf

Your Opnion

//