निर्वाचन सार्न बसेको नेईए बैठकमा कोरम पुगेन, निर्वाचन बैशाख २४ मा हुने लगभग पक्का - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

निर्वाचन सार्न बसेको नेईए बैठकमा कोरम पुगेन, निर्वाचन बैशाख २४ मा हुने लगभग पक्का

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को ३३ औँ कार्य समिति, प्रदेश सभापति र नेईएबाट नेपाल इन्जिनियरिङ परिषद्मा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि बैशाख २४ गते निर्वाचन हुने लगभग पक्का भएको छ ।

चैत २० गते तोकिएको निर्वाचन बैशाख अन्तिम साताका लागि सार्ने पक्षमा सबै इन्जिनियरिङ संगठन सकारात्मक देखिएका छन् । यसअघि जेठ १४ गते निर्वाचन सार्ने विषयमा असन्तुष्ट पक्ष पनि बैशाख २४ गतेबाट पछि नहट्ने गरी निर्वाचन सार्न सहमत भएका हुन् ।

निर्वाचन सार्ने विषयमा बिहीबार आह्वान गरिएको बैठकमा कोरम नपुगेपछि निर्णय हुन नपाए पनि माइनुट भइसकेको नेईए स्रोतले इन्जिनियर्स पोस्टलाई जानकारी दियो ।

कोरम पुग्न १३ जना उपस्थित हुनुपर्नेमा बिहीबारको बैठकमा १२ जनामात्र उपस्थित थिए । अब अर्को बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । साथै, शुक्रबार नै नेईएले गठन गरेको निर्वाचन समितिले नयाँ निर्वाचन कार्य तालिका सार्वजनिक गर्ने सम्भावना छ ।

Your Opnion

//