साउदीमा ‘इन्जिनियरहरूका पिता’ भनेर चिनिने कोशकको निधन, एक दिन सरकारी बिदा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

साउदीमा ‘इन्जिनियरहरूका पिता’ भनेर चिनिने कोशकको निधन, एक दिन सरकारी बिदा

साउदीका जनताले इन्जिनियरिङ क्षेत्रका एक अभिभावक गुमाएका छन् । साउदीको मक्कामा जन्मिएका इन्जिनियर याह्या हम्जा कोशकको ८० वर्षको उमेरमा बुधबार निधन भएसँगै साउदीका इन्जिनियरहरूले आफ्नो अभिभावक गुमाएका हुन् ।

पेसाले अग्रज कोशक ‘जमजम’ सेवामा समर्पित व्यक्तिका रूपमा चिनिन्छन् । कोशकको शोक मनाउन साउदीका जनताले एक दिन सरकारी बिदा लिएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै ‘इन्जिनियरहरूको पिता’ भनेर चिनिने कोशकले साउदीको आर्किटेक्चर क्षेत्र र ऐतिहासिक सम्पदाको क्षेत्रमा विशेष क्षेत्राधिकार पाएका थिए ।

कायरोको ऐन युनिभर्सिटीबाट इन्जिनियरिङ पूरा गरेका कोशकले अमेरिकी विश्वविद्यालयबाट इन्जिनियरिङ साइन्स विषयमा विद्यावारिधि गरेका थिए । –एजेन्सी

Your Opnion

//