विश्वकै सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा भारतमा, महंगो सेन्ट हेलेनामा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Technology

विश्वकै सबैभन्दा सस्तो मोबाइल इन्टरनेट डाटा भारतमा, महंगो सेन्ट हेलेनामा

संसारका हरेक व्यक्तिको हातमा मोबाइल छ । विश्वभरको तथ्यांक हेर्ने हो भने पछिल्लो पाँच वर्षभित्र मात्र करिब २ बिलियनभन्दा बढी व्यक्तिसँग मोबाइल डाटाको पहुँच रहेको छ । मोबाइल इन्टरनेट डाटा प्रयोगकर्ताको संख्या देशअनुसार फरक पर्छ । सोहीअनुसार इन्टरनेट डाटाको शुल्क पनि  फरक पर्न जान्छ ।

केबल डट युके–वर्ल्डवाइड मोबाइल डाटा प्राइसिङले केही समयअघि मोबाइल डाटा सम्बन्धी अध्ययन गरिएको एउटा तथ्यांक सार्वजनिक गरेको थियो । करिब १ सय ५५ वटा मुलुकमा गरिएको उक्त अध्ययनमा १ जिबी मोबाइल डाटाको कुन देशमा कति मूल्य पर्छ भन्ने कुरा देखाइएको थियो ।

जसअनुसार विश्वकै सबैभन्दा सस्तो इन्टरनेट डाटा भारतमा छ भने सबैभन्दा महंगो डाटा अफ्रिकी मुलुक सेन्ट हेलेनामा छ । भारतमा १ जिबी डाटा बराबर औसत ७ रुपैयाँ (भारु) तिर्नुपर्छ भने सेन्ट हेलेनामा १ जिबीको उक्त रकम करिब ६० हजार (नेरु) पर्न जान्छ ।

१ जिबी मोबाइल डाटाको औसत खर्च पर्ने देशहरूमा भारत, इजरायल र इटाली रहेका छन् । यी मुलुकभन्दा १२ गुणा बढी मोबाइल डाटा महंगो भएको मुलुकमा नेपाल, छिमेकी देश चीनसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान रहेका छन् । यी मुलुकमा १ जिबी डाटा बराबर कम्तीमा ७५ रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म खर्च हुन्छ ।

महंगो मोबाइल डाटा पर्ने विकसित मुलुकमा अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, क्यानडा, जापान पर्छन् । यी मुलुकहरूमा १ जिबी डाटा बराबर कम्तीमा ९६ रुपैयाँदेखि १५ सयसम्म खर्च हुन्छ । –एजेन्सी

Your Opnion

//