नेईए निर्वाचन बैशाख अन्तिम साता सार्ने तयारी, आज बैठक बस्दै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेईए निर्वाचन बैशाख अन्तिम साता सार्ने तयारी, आज बैठक बस्दै

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को ३३ औँ कार्य समिति, प्रदेश सभापति र नेईएबाट नेपाल इन्जिनियरिङ परिषद्मा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि चैत २० गते तोकिएको निर्वाचन बैशाख अन्तिम साता सार्ने तयारी भएको छ ।

बुधबार विभिन्न इन्जिनियरिङ संगठनहरुसँग भएको छलफलमा नेईएले बैशाख अन्तिम साता निर्वाचन सार्ने प्रस्ताव राखेको थियो । सोहीअनुसार बिहीबार बस्ने नेईए बैठकबाट निर्वाचन सार्ने तयारी भएको छ ।

यसअघि जेठ १४ गते निर्वाचन गर्ने नेईएको तयारी थियो । तर, विभिन्न इन्जिनियरिङ संगठन र नेईए भित्रैबाट पनि असन्तुष्टि पोखिएपछि बैशाख अन्तिम साता निर्वाचन सार्नेगरी बैठक बस्न लागेको हो ।

नेईएमा रहेको २५ सदस्यीय समितिमा प्रचण्ड–माधव नेपाल पक्षीय प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) का ११, ओली पक्षी पिनका ३ र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का ११ सदस्य छन् । स्रोतका अनुसार आजको बैठकमा बहुमत निर्वाचन सार्ने पक्षले हुनेछ ।

Your Opnion

//