आज विश्व इन्जिनियरिङ दिवसः विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

आज विश्व इन्जिनियरिङ दिवसः विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै

आज विश्वभर ‘विश्व इन्जिनियरिङ दिवस २०२१’ मनाइने भएको छ । सन् २०२० देखि मार्च ४ मा इन्जिनियरिङ दिवस मनाउने घोषणा गरिएको हो । ‘स्वस्थ पृथ्वीका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ यस पटक यो दिवस मनाइदैछ ।

आजको दिनलाई आधुनिक युगमा इन्जिनियर र इन्जिनियरिङका उपलब्धीहरु साटासाट गर्ने दिनको रुपमा विश्वभर बनाइदैछ । साथै, इन्जिनियरिङ र प्रविधि आधुनिक मानव जीवन र दिगो विकासमा यसको महत्व के रहेको छ भन्ने विषयमा पनि इन्जिनियरिङ डे केन्द्रित रहनेछ ।

आज ‘दिगो विकासका लागि इन्जिनियरिङ’ भन्ने विषयमा तयार पारिएको युनेस्कोको दोस्रो इन्जिनियरिङ रिपोर्ट पनि सार्वजनिक गरिदै छ । विश्वभरका इन्जिनियरिङ संघ–संस्थाहरुले आजको दिनलाई शुभकामना आदान–प्रदान तथा वेभिनार कार्यक्रम, विभिन्न डिजाइन प्रतियोगिता, युवा इन्जिनियर केन्द्रित भिडियो संकलन, साक्षात्कार कार्यक्रमहरु गरेर मनाउँदै छन् । विभिन्न तथ्यांकलाई आधार मान्ने हो भने विश्वभर ३ करोडभन्दा धेरै इन्जिनियर रहेका छन् ।

आजको दिनलाई इन्जिनियरिङ क्षेत्रमा आउन चाहनेहरुका लागि प्रोत्साहन प्रदान गर्ने र विकास–निर्माणमा इन्जिनियरहरुको भूमिकाका विषयमा जानकारी दिने दिनका रुपमा पनि मनाइन्छ । यो दिवस युनेस्को र वर्ल्ड फेडेरेसन अफ इन्जिनियरिङ अर्गनाइजेसनको संयुक्तरुपमा मनाइदै आइएको छ ।

नेपालमा भने इन्जिनियरिङ संघ–संस्थाले आजको दिनमा त्यस्तो कुनै औपचारिक कार्यक्रमहरु राखेका छैनन् । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष ई. डिल्लीरमण निरौला र नेपाल इन्जिनिर्स एसोसिएसनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले इन्जिनियर्स पोस्टमार्फत इन्जिनियर र इन्जिनियरिङ समुदायका सबैलाई शुभकामना ब्यक्त गरेका छन् ।

Your Opnion

//