कर्नाटकमा १८ घण्टामा २५ किलोमिटर सडक पिच, बन्यो रेकर्ड - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

कर्नाटकमा १८ घण्टामा २५ किलोमिटर सडक पिच, बन्यो रेकर्ड

भारतको कर्नाटक राज्यमा भिजयपुरादेखि सोलापुरको राष्ट्रिय राजमार्गमा १८ घण्टामा साढे २५ किलोमिटर सडक पिच गरिएको छ ।

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण एनएचएआईका अनुसार चार लेन उक्त सडक सडकको एक लेनको २५ किलोमिटर १८ घण्टामा निर्माण सम्पन्न भएको हो ।

भारतको केन्द्रीय यातायात मन्त्री नितिन गड्कारीले सामाजिक संजाल ट्विटरमा यसबारे जानकारी दिएका छन् । उनका अनुसार यो कार्य लिम्का बुक अफ रेकर्ड (भारतीयद्वारा विश्व रेकर्ड कायम गरेको उल्लेखित किताब) मा दर्ता हुनेछ ।

सडक निर्माणका लागि ५ सय कामदार खटेका थिए भने आगामी अक्टोबर भित्र ११० किलोमिटरको सडक निर्माण सम्पन्न भइसक्ने छ ।

Your Opnion

//