के हो इन्जिनियरहरूले सडकमा तेर्स्याउने टेलिस्कोपजस्तो उपकरण ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

के हो इन्जिनियरहरूले सडकमा तेर्स्याउने टेलिस्कोपजस्तो उपकरण ?

तस्बिरः ई. उमेश सुब्बा ।

सडक, कुनै पनि खाली जग्गा वा कुनै भौतिक संरचना निर्माणस्थलमा इन्जिनियरहरू टेलिस्कोप जस्तो उपकरण लिएर उभिएका हुन्छन् । यो प्रकारको दृष्य प्रायजसो हामीले सडकमा देख्ने गछौँ । तर, सो उपकरण र त्यसको प्रयोजनबारे आम मानिसलाई थाहा हुँदैन ।

खासमा सो उपकरण सर्वेक्षण र भवन निर्माणका लागि प्रयोग गरिने इलेक्ट्रोनिक वा अप्टिकल उपकरण हो । इन्जिनियरले सडक तथा जग्गाको कोणहरू मापन गर्न यस्ता विभिन्न उपकरणहरू प्रयोग गर्छन् । जसमध्ये लेभलिङ मेसिन र टोटल स्टेसन मुख्य उपकरण हुन् ।

लेबलिङ मेसिन सामान्य उपकरण हो । जसबाट सडक तथा जग्गाको तेस्रो कोणहरू मापन गरिन्छ । टोटल स्टेसन अत्याधुनिक उपकरण हो । जसबाट तेस्रो र ठाडो दुवै कोणहरू मापन गर्न सकिन्छ ।

यी उपकरणहरू इन्जिनियरिङ क्षेत्रमा इन्जिनियर वा सर्भेयरले मात्र प्रयोग गर्छन् । जसबाट उपकरणमा जडित टेलिस्कोपलाई कुनै लक्षित वस्तुमा केन्द्रित गरेपछि वस्तुको कोणको मापन उच्च परिशुद्धताका साथ प्राप्त हुन्छ ।

लेभलिङ मेसिन
लेभलिङ मेसिनले एउटै प्लेनमा अर्थात ‘होरिजेन्टल’ सिधा कोण मात्र हेर्छ । इन्जिनियर वा सर्भेयरले ओरालो, उकालो र सम्म ठाउँ बनाउन लेभलिङ मेसिन प्रयोग गर्छन् । यस मेसिन ढल, फुटपाथ, पानी बग्ने ठाउँ बनाउन प्रयोग गरिन्छ ।

लेभलिङ मेसिन घरको ढलान निर्माणमा पनि प्रयोग हुन्छ । ढलानको भागको सतह जाँच्नलाई लेभलिङ मेसिनको प्रयोग गरिन्छ ।

टोटल स्टेसन
टोटल स्टेसनले कुनै पनि क्षेत्रफलको पोइन्टहरू कहाँ–कहाँ पर्छ भनेर जाँच्न मद्धत गर्छ । यस उपकरणबाट बाटोको चौडाइ, ओभर हेड व्रीजलगायतका भौतिक संरचनाहरूको ‘होरिजन्टल’ र ‘भर्टिकल’ कोणहरू एकै ठाउँमा बसेर हेर्न सकिन्छ ।

टोटल स्टेसनको प्रयोग भने लेभलिङ मेसिनको भन्दा जटिल हुन्छ । पुरानो बाटोको छेउमा बसेर सबै पोइन्टहरू पत्ता लगाएर कम्प्युटरमा राखेपछि फिल्डको सबै पोइन्टहरू कम्प्युटरमै देरिन्छ । त्यही पुरानो बाटोलाई कम्प्युटरबाटै बढाएर, आएको नयाँ पोइन्टलाई टोटल स्टेसनबाट ग्राउण्डमा राखेर सोही पोइन्टअनुसार बाटो बढाइन्छ ।

टोटल स्टेसन, बाटोमा मात्र नभई घर निर्माणमा पनि प्रयोग गरिन्छ । घरको तल्लो तलाको पल्लिर जहाँ छ, माथिल्लो तलाको पिल्लर पनि त्यही ठाउँमा हुनुपर्छ । कहिलेकाहिँ मानवीय त्रुटिले दायाँ–बायाँ सर्न सक्छ । तर टोटल स्टेसनको प्रयोगले सो किसिमका समस्या आउन दिदैन ।

लेभलिङ मेसिन र टोटल स्टेसनको महत्व
लेभलिङ मेसिनले सिधा क्षेत्रफलमा मात्र काम गर्न सक्छ भने टोटल स्टेसनले कुनै पनि क्षेत्रफलको जुनै पनि पोइन्ट पत्ता लगाउन सक्छ । लेभलिङ मेसिनले गर्ने सबै काम टोटल स्टेसनले गर्न सक्छ ।

टोटल स्टेसनले मापनसँग सम्बन्धित सबै काम गरे तापनि सिधा क्षेत्रफलको मापन गर्नु छ भने लेभलिङ मेसिन नै प्रयोग गरिन्छ । लेभलिङ मेसिन चलाउन सजिलो हुन्छ, विवरण छिटो आउँछ र सो विवरण सही पनि हुन्छ ।

Your Opnion

//