बौद्दिक चोरीको आरोप लागेका इन्जिनियर पाण्डेको बयान– कुरै नबुझी फसाउन खोजियो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

बौद्दिक चोरीको आरोप लागेका इन्जिनियर पाण्डेको बयान– कुरै नबुझी फसाउन खोजियो

  • ई. रोशन पाण्डे, प्राविधिक अधिकृत, नास्टFebruary 27, 2021

मैले नेपाली भू–उपग्रह ‘नेपाली स्याट १’ का लागि नेपालको तर्फबाट फोकल पोइन्टमा रहेर काम गरेको हुँ । एउटा साधारण परिवारमा जन्मिएर युवा बैज्ञानिकको रुपमा आफ्नो करियर बनाउँदै गर्दा अध्ययन–अध्यापन सँगै म नास्टमा प्राविधिक अधिकृतको रुपमा सेवारत छु । म आफ्नो काम निरन्तर पुरा गर्दै देश र समाजका लागि केही गर्नुपर्छ भनेर लागिपरेको छु । यस क्षेत्रसँग राम्रै परिचित भएकाले मलाई बौद्दि अधिकारका बारेमा पनि राम्रोसँग थाहा छ ।

हाल केही मिडियाहरुमा ‘नेपाली स्याट १’ मा तयार पारेको पत्रको विषयमा विभिन्न समाचारहरु आए । खासमा यो विषय देखिए र सुनिए जत्तिको सरल भने छैन । यसभित्र विभिन्न प्रश्नहरु छन् । हाल संस्थामा चलिरहेको बृद्धि विकासको संघर्ष, कार्यालय भित्रको नमिठो राजनीति, कसैको नास्टमा बस्ने इच्छा र कसैको पस्ने आकांक्षा तथा खुट्टा तान्ने प्रवृत्ती सार्वजनिक संस्थामा स्वाभाविक नै हुन् ।

यही कुरा सँगै अर्को कुरा पनि जोडिएको छ । कुनै पनि संस्थाभित्रको आन्तरिक प्रक्रियामा रहेको पत्र कसरी सञ्चार मध्यममा सार्वजनिक भयो त ? त्यो सार्वजनिक भएको पत्र भन्दा अगाडीका पत्रहरु पहिले कसलाई आएको थियो ? संस्थाको आन्तरिक प्रक्रियामा रहेको संवेदनशील पत्र तथा कुनै अस्पष्ट रहेको चिजमा एउटा व्यक्तिलाई मुछ्नु भन्दा पुरै कुरा यथार्थमा बुझ्नु जरुरी छ । कुनै संस्थाभित्र रहेको आधिकारिक पत्रको तस्विर लिएर अगाडी पछाडीको केही कुरा नै नबुझी कोहीमाथि खनिनु आफैमा अन्याय हो । सम्बन्धित निकायसँग पत्राचार गरि गत वर्षको डिसेम्बरमा टुंगिएको कुरालाई राम्रोसँग नबुझी आएको पत्रमा विवाद सृजना गर्न खोज्नु कहाँसम्मको विवेकशील कदम हो ?

चोरी भएको भनिएको विषय एउटा सहकार्यमा भएको कुरालाई सहकार्यको कुरा भनि प्रस्तुत गरिएको हो । कुरा त्यति मात्र हो । हो, कति कुराको सन्दर्भ उल्लेख गर्नुपर्छ र कतिको पर्दैन । उल्लेख कसरी गर्ने भन्ने मात्र फरक हो । जुन यो पेपरमा पनि देख्न सकिन्छ । छैन त केवल कसैको नाम । यस्ता साना कुरालाई लिएर संस्थागत प्रक्रियामा रहेको कुरा सामाजिक संजाल तथा समाचारमा ल्याउने व्यक्तिलाई के भन्ने ! अब कारबाही त उसलाई गर्नुपर्ने होइन र ?

कुनै संस्थाबीचको सहकार्य के–का लागि हुन्छ, किन हुन्छ भन्ने बुझ्न जरुरी छ । सहकार्यको नियम के हो, सहकार्यमा गरिएका परियोजनाबाट देशले लिन सक्ने फाइदा के हुनुपर्छ, यस्ता प्रश्नहरुलाई नेपालले गम्भीरतापूर्वक हेर्न जरुरी छ ।

अन्तर्राष्ट्रिय मान्यता बमोजिम कति वर्षसम्म कुन पक्षको हक हुन्छ, के हक हुन्छ भन्ने कुरा सहकार्यमा हुन नितान्त जरुरी छ । होइन भने त जुँगाको लडाईंमा सोझा वैज्ञानिकहरुको मुछाई भने झैँ व्यक्तिगत रिसिबी र आन्तरिक मामिलालाई लिएर कर्मचारी र व्यवस्थापनलाई गाली गलौच र कुप्रचार गर्नुले कुनै अर्थ राख्दैन ।

फेरि बौद्धिक वर्गले कुनै तर्क दिनुअघि वास्तविक धरातल बुझ्नु भएको हो त ? कुनै एक व्यक्तिको एक पक्षीय धारणा नै पूर्ण सत्य हुन सक्छ या सक्दैन भन्ने विषयमा पनि एक चोटी गम्भीर रूपले अवश्य सोचौँ अनि मात्र विश्लेषण गर्न अगाडी बढौँ ।

कुनै व्यक्तिलाई किन आरोप लाग्छ, के–को लागि लाग्छ, सञ्चार माध्यममा यसलाई किन ल्याइन्छ, कुरा गहिरो हो तर अतिरञ्जित गर्नु भएन । कुरा अपूर्ण हो तर गैरजिम्मेवार बन्नु भएन । संयम र सच्चा कर्मठ युवालाई आरोप लगाउनु अघि अध्ययन र विचार गर्नु जरुरी छ । किन कि युवा रहे नै देश रहन्छ । काम गर्ने नै सदैव विवादमा मुछिन्छ, यो कुरा बुझ्न जरुरी छ ।

नसोचेको किसिमले अगाडी बढ्दै गएको नास्ट, जसले कोरोन महामारीमा प्राविधिक रुपले गरेको काम र देखाएको सक्रियतालाई सोझै पचाउन नसक्नेले संस्था तथा व्यवस्थापन र आत्मविश्वाशका साथ अगाडी बढिरहेका त्यहाँका कर्मचारीबारे कुरै नबुझी कुप्रचार गर्नु निन्दनीय छ । कसैको पूर्वाग्रह पोख्न तथा आन्तरिक कलह उदाङ्गो पार्न सञ्चार माध्यमको प्रयोग नहोस् भन्न चाहन्छु ।

Your Opnion

//