इन्जिनियरिङमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पाएन विद्यार्थी, हाइड्रोपावरमा जम्मा ४ जना ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पाएन विद्यार्थी, हाइड्रोपावरमा जम्मा ४ जना !

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायमा कोटाअनुसार निकै कम विद्यार्थी मात्र पास भएका छन् । विद्यार्थी भर्नाका लागि नै आकर्षण कम भएका कारण पास संख्या पनि निकै कम आएको हो ।

स्नातक तहमा सिभिल, कम्युटर र हाइड्रोपावर इन्जिनियरिङ पढाइ हुने क्याम्पसमा प्रत्येक विषयमा ४८–४८ गरी कुल १४४ सिट छ । विश्वविद्यालयले लिएको प्रवेश परीक्षाका लागि ३२४ जनाले फाराम भरेका थिए भने परीक्षामा २८७ विद्यार्थी सहभागी भएका थिए । उनीहरुमध्ये ५९ जनाको मेरिट लिस्ट सार्वजनिक भएको हो ।

विश्वविद्यालयका अनुसार सिभल इन्जिनियरिङमा ४१ जना पास भएका छन् । कम्युटर इन्जिनियरिङमा १० जना र हाइड्रोपावरमा ४ जना पास भएका छन् । सिभिलमा आर्षण भए पनि कम्युटर र हाइड्रोपावरमा भर्ना हुन चाहने विद्यार्थीको संख्या नै न्यून भएको बुझिएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढाइ भइरहेको हाइड्रोपावर इन्जिनियरिङले नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृति पाएको छैन । हाल पहिलो ब्याचका विद्यार्थी अन्तिम सेमेस्टरमा छन् । पहिलो ब्याच सकिनै लाग्दासमेत हाइड्रोपावर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीको भविष्य के हुने भन्ने अन्यौल कायमै छ । त्यसैले पनि यसतर्फ विद्यार्थीको आकर्षण नभएको हो ।

पहिलो चरणमा विदार्थी कोटा नभरिएपछि विश्वविदालयले अर्को चरणमा भर्ना आह्वान गर्ने बुझिएको छ ।

Your Opnion

//