हप्ता दिन लोडसेडिङ हुँदा टेक्सासका शीर्ष अधिकारीको राजीनामा ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

हप्ता दिन लोडसेडिङ हुँदा टेक्सासका शीर्ष अधिकारीको राजीनामा !

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा लोडसेडिङ हुँदा उक्त राज्यका शीर्ष अधिकारीले राजीनामा दिनुपर्ने भएको छ । राज्यका केही स्थानमा लोडसेडिङ भएपछि विद्युत ग्रीड सञ्चालन बोर्डका शीर्ष अधिकारीहरुले राजीनामा दिनु पर्ने भएको हो ।

बोर्डका १६ सदस्यमध्ये पाँच जनाले राजीनामा दिन लागेका हुन् । जसमध्ये बोर्डका अध्यक्ष, उपाध्यक्षसहित तीन जना ग्रीड निर्देशकले टेक्सासको इलेक्ट्रिक रिलायविलिटी काउन्सिल समक्ष राजीनामा दिन लागेका हुन् । जसमध्ये बोर्डकी अध्यक्ष स्याली टेलवर्ग, उपाध्यक्ष टेरी बल्गर, रेमोन्ड हेप्पर, पिटर क्राम्टोन लगायत शीर्ष अधिकारी रहेका छन् ।

गत हप्ता खतरनाक हिउँ तुफान हुँदा करिब एक हप्तासम्म टेक्सासका केही क्षेत्रमा विद्युत कटौती भएको थियो । जसको कारण करिब ४० लाखभन्दा बढी घरहरुमा विद्युत् आपूर्ती बन्द भएको थियो । एक हप्तासम्म आफूहरु अन्धकारमा बस्नु परेको भन्दै सर्वसाधारण र सम्बन्धित निकायका व्यक्तिले तीव्र आलोचना गर्दै आएका थिए । आलोचनापश्चात बोर्डका शीर्ष अधिकारीले विज्ञप्ती जारी गर्दै बिहिबारसम्ममा राजीनामा दिने निर्णय गरेका छन् । –एजेन्सी

Your Opnion

//