अपर राहुघाट जलविद्युत परियोजनामा कुमारी बैंकले सहवित्तीयकरण कर्जा प्रवाह गर्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

अपर राहुघाट जलविद्युत परियोजनामा कुमारी बैंकले सहवित्तीयकरण कर्जा प्रवाह गर्ने

साङ्केतिक

कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनीले निर्माण गर्न लागेको अपर राहुघाट जलविद्युत परियोजनाका लागि आवश्यक वित्तीय व्यावस्थापन भएको छ ।

म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाका लागि आवश्यक वित्तीय व्यावस्थापन कुमारी बैंकले सहवित्तीयकरण सम्झौता गरेको हो । सो आयोजनामा अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्ज बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।

परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड प्रवाह हुनेछ । प्रवर्धक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड, तुदि इन्भेष्टमेन्ट कम्पनी र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट रहनेछ ।

Your Opnion

//