इन्जिनियरिङ विषय पढ्दा हुने ७ फाइदा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङ विषय पढ्दा हुने ७ फाइदा

सबै विषय र क्षेत्रका आ–आफ्नै विशेषता हुने गर्छन् । यद्यपि, प्लस टू मा राम्रो अंकसहित उत्तीर्ण गरेका अधिकांश विधार्थी इन्जिनियरिङ या मेडिकल विषयको डिग्री हासिल गर्ने सोच्छन् । धेरै इन्जिनियरिङ क्षेत्रतर्फ आफ्नो भविष्य देखिरहेको तर, यसबारे स्पष्ट नभएको पनि हुनसक्छ । त्यसो हो भने यी सात कारणले तपाईंलाई इन्जिनियरिङ विषय पढ्न मन लाग्नेछ ।

१. इन्जिनियरहरु प्रतिष्ठित हुन्छन्
दक्ष इन्जिनियर बन्न कति मेहेनत चाहिन्छ, सबैलाई थाहै छ । सोहीअनुसार इन्जिनियरिङ आफैमा प्रतिष्ठित पेसा हो । त्यसैले इन्जिनियरिङ डिग्री हासिल गरेसँगै समाजमा प्रतिष्ठा कमाइन्छ भन्ने कुरा नबिर्सिनुहोस् ।

२. व्यावसायिक रुपमा सफलता हासिल गर्न
इन्जिनियरिङमा करियर बनाउँछु भन्ने नलागी इन्जिनियरिङ विषय पढेर लाइसेन्स अथवा डिग्री मात्र लिनुभयो भने पनि यस विषयले तपाईंलाई सजिलै व्यावसायिक लाभ मिल्छ । किन कि इन्जिनियरसँग तार्किक सोचाई, आलोचनात्मक विश्लेषण क्षमता र निर्णय लिनमा सक्षम हुन्छन् । त्यसैले जुनसुकै क्षेत्रमा पनि आफ्नो व्यवसाय फस्टाउन सकिन्छ ।

३. समस्या समाधानको क्षमता विकास गर्न
इन्जिनियरको रुपमा तपाईं समस्या समाधान क्षमता भएको व्यक्तिमा गनिनुहुनेछ । कलेजताका गरिने अभ्यासले तपाईंलाई विभिन्न समस्या समाधान गर्न सक्षम बनाइदिन्छ र कन्फिडेन्स बढाइदिन्छ । त्यसैले इन्जिनियरिङ पढिसकेपछि तपाईंले जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्नुहुनेछ ।

४. आर्थिक रुपमा सुरक्षित पेसा
इन्जिनियरिङ डिग्री भएका व्यक्तिहरु व्यावसायिकरुपमा सफल हुन्छन् । सबैभन्दा बढी पैसा कमाउने पेसामध्ये एकमा इन्जिनियरिङ पनि पर्छ । त्यसैले यो विषय पढ्दा आर्थिक समस्याले सताउँदैन ।

५. सामाजिक योगदान
सामाजिक विकासमा इन्जिनियरहरुको ठूलो योगदान हुन्छ भने दैनिक रुपमा संसार पनि उनीहरुकै वरीपरि घुमिरहेको हुन्छ । समाजका लागि तपाईंले सकारात्मक रुपमा पुर्याएको योगदानले तपाईंलाई खुसी मिल्नेछ ।

६. अन्तर्राष्ट्रिय सीप
यदि तपाईं विदेश गएर काम गर्न र विस्तृत ज्ञान आर्जन गर्न चाहनुहुन्छ भने इन्जिनियरिङले विभिन्न अन्तर्राष्ट्रिय सीपहरु प्रदान गर्छ । जुन विभिन्न देश र संस्कृतिमा लागू गर्न सकिन्छ । यदि तपाईं बहुभाषी हुनुहुन्छ भने आफूले सिकेको इन्जिनियरिङ ज्ञानलाई विदेशी मुलुकमा गएर पनि लागू गर्न सक्नुहुन्छ ।

७. व्यवहारिक काम
इन्जिनियरिङ विषय पढ्दा सैद्धान्तिक ज्ञान भन्दा बढी व्यवहारिक ज्ञान प्राप्त हुन्छ । त्यसैले आफ्नो क्षमता व्यवाहारिक रुपमा प्रस्तुत गर्न चाहनुहुन्छ भने इन्जिनियरिङ विषय पढ्दा फाइदा हुनेछ ।

Your Opnion

//