प्रधानमन्त्रीको कदमप्रति सर्वोच्चले विवेकपूर्ण निर्णय गर्नेछ भन्ने अपेक्षा गर्दछौँ– नेईए - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

प्रधानमन्त्रीको कदमप्रति सर्वोच्चले विवेकपूर्ण निर्णय गर्नेछ भन्ने अपेक्षा गर्दछौँ– नेईए

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले प्रधानन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै एक विज्ञप्ति जारी गरेको छ ।

नेपालको संविधानको धाराको गलत जिकिर र औचित्य पुष्टि गरी संसद विघटन गरिनु लोतान्त्रिक शासन व्यवस्था माथि भएको गम्भीर प्रहार भएको भन्दै नेईएले संसद विघटनविरुद्द भएका आन्दोलनप्रति आफूहरुको पनि ऐक्यबद्दता रहेको जनाएको छ ।

नेईएका महासचिव ई. छवि पोख्रेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानिय प्रधानमन्त्रीज्यूको यो असंवैधानिक कदमप्रति संवैधानिक सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्नेछ भन्ने अपेक्षा गर्छौँ ।’

Your Opnion

//