हालसम्म ताररहित विधुत् वितरणको कल्पना मात्र गरिन्थ्यो । अब न्युजिल्याण्डको ऊर्जा वितरक कम्पनी ‘फर्म एमरोड’ले टेस्लासँग मिलेर ताररहित बिजुली वितरण गर्ने भएको छ । ओकल्याण्डको उत्तरी टापुमा अवस्थित एक सोलार फार्ममार्फत कैयौँ किलोमिटर टाढाको बस्तीमा रहेका विम एनर्जीमार्फत बिजुली पुर्याउने तयारी गरिएको छ । यसको परिक्षण आगामी मे महिनादेखि सुरु गरिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार बीम एनर्जी टेक्नोलोजीमार्फत माइक्रोवेभको सबैभन्दा पातलो विमको रुपमा बिजुली वितरण गरिनेछ । पावर विमिङ प्रक्रिया यसअघि पनि प्रयोग गरिसकिएको छ । जुन सेना र अन्तिरिक्षसँग सम्बन्धित कामको लागि प्रयोग गरिदै आएको थियो । सन् १९७५ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले माइक्रोवेवको माध्यमबाट १.६ किमी दूरीसम्म ३४.६ किलोवाट विजुली पठाएको रेकर्ड बनाएको थियो । यद्यपि, यस प्रविधिको प्रयोग व्यवसायिक उपयोगको लागि भने गरिएको थिएन ।
एमरोड कम्पनीका संस्थापक एवम् इलेक्ट्रिकल इन्जिनियर ग्रेग कुसनिरका अनुसार सुरुवाती चरणमा १.८ किलोमिटरसम्म बिजुली पठाइनेछ र विस्तारै सबै दुरदराजसम्म पुर्याइनेछ । ताररहित बिजुली पुर्याउनका लागि एमरोड कम्पनीले अन्य दुइवटा टेक्नोलोजी माथि काम गरिरहेको छ । जसमध्ये एउटा निष्क्रिय उपकरण ‘रिले’ हो । जसले लेन्सको रुपमा काम गर्छ र माइक्रोविमलाई रिफोकस गर्दै थोरैभन्दा थोरै ट्रान्समिसन लेन्समार्फत बिजुली वितरण गर्छ ।
दोस्रो उपकरण मेटामेटेरियल्स हो । जुन पहिलेदेखि नै क्लोकिङ डिभाइसमा लगाइएको हुन्छ । विद्युतलाई चुम्बकीय तरंगमार्फत बिजुलीमा परिणत गर्न सक्षम यस उपकरणले युद्ध एवम् लडाकु विमानको रडारबाट बचाउन मद्दत गर्छ ।
यसबाहेक जापानको मित्सुविसी कम्पनीले पनि सोलार प्यानल लगाइएका उपग्रहमाफर्त विधुत् वितरणको सम्भावना खोजिरहेको छ । –एजेन्सी
Your Opnion