नेपाल विद्युत प्राधिकरणका तीन उपकार्यकारी निर्देशकको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय, इन्जिनियरिङ सेवा निर्देशनालय र योजना अनुगमन निर्देशनालयमा जिम्मेवारी हेरफेर भएको हो ।
जसअनुसार आयोजना व्यवस्थापन निर्देशनालयमा उपकार्यकारी निर्देशकमा ई. रामजी भण्डारीले जिम्मेवारी पाएका छन् ।
इन्जिनियरिङ सेवा निर्देशनालयमा ई. मनोज सिलवाल र योजना अनुगमन निर्देशनालयमा ई. रविन्द्रप्रसाद चौधरीले जिम्मेवारी पाएका छन् ।
यसअघि भण्डारी योजना अनुगमन तथा सूचना प्रणाली निर्देशनालय, सिलवाल आयोजना व्यवस्थापन निर्देशनालय र चौधरी इन्जिनियरिङ सेवा निर्देशनालयमा थिए ।
Your Opnion