अब विद्युत प्राधिकरणका कर्मचारीले माथिल्लो तहमा प्रतिस्पर्धा गर्दा उमेर हद नलाग्ने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nation

अब विद्युत प्राधिकरणका कर्मचारीले माथिल्लो तहमा प्रतिस्पर्धा गर्दा उमेर हद नलाग्ने

नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई माथिल्लो तहमा प्रतिस्पर्धा गर्दा निजामति कर्मचारी सरह उमेर हद नलाग्ने भएको छ ।

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन (नेपाल राष्ट्रिय कर्मचारी युनियन) ले दायर गरेको मुद्दाको पक्षमा यस्तो फैसला गरेको हो ।

आधिकारीक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेलले निजामति कर्मचारी र प्राधिकरण कर्मचारीबीच आयोगले फरक उमेर हद तोकेर विभेद गरेको भन्दै त्यसको विरुद्धमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दायर भएको १ वर्षपछि सो फैसला भएको हो । अब प्राधिकरणका कर्मचारीले माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा ३५ वर्षको उमेर हद लाग्ने छैन ।

Your Opnion

//