विश्वमै पहिलो पटक केमिकल प्रदुषणको प्रभाव, रुसका कुकुर निलो बन्दै - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
interesting

विश्वमै पहिलो पटक केमिकल प्रदुषणको प्रभाव, रुसका कुकुर निलो बन्दै

हालसम्म हामीले पर्यावरण प्रदुषण एवम् जलवायु परिवर्तनको नकारात्मक असर प्रकृति र मानवमा मात्र परेको सुन्न र देख्नमा आउँछ । तर रुसको जर्जिस्कमा रासायनिक प्रदुषणका कारण भुस्याहा कुकुरमा रंग नै बदलिएर निलो भएको छ ।

जर्जिस्कस्थित आर्गेस्टेक्लो कम्पनी वरीपरि बस्ने स्थानीय बासिन्दाकाअनुसार करिब ६ वर्षअघि बन्द भएको केमिकल फ्याक्ट्रिबाट निस्केको प्रदुषणका कारण त्यहाँका भुस्याहा कुकुरको रंग निलो भएको हुन सक्छ । उक्त कम्पनीले हाइड्रोसेनिक एसिड एवम् मिथाइल मेथाक्रायलेट (प्लेक्सीग्लास) नामक रसायन उत्पादन गर्दै आएको थियो ।

उक्त कम्पनीका प्रबन्धक एन्ड्रि मिस्लेटिव्सले भने कम्पनी वरीपरि निलो रंगमा भेटिएका कुकुरको उक्त तस्विर फेक हुन सक्ने अनुमान गरेका छन् । यद्यपि, रसायन विशेषज्ञले भने जर्सिस्कमा सोभियत संघको समयमा एउटा केमिकल प्लान्ट सञ्चालित थियो । जहाँ ठूलो मात्रामा रसायन उत्पादन हुने गर्थ्यो । सोही केमिकल प्लान्टबाट निस्केको रसायनिक प्रदुषणका कारण त्यहाँका कुकुर एवम् अन्य जनावरको रौंको रंग निलो हुँदै गएको हुन सक्छ ।

उक्त रसायन प्रदुषणको असर मानवमा पनि देखा पर्न सक्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । –एजेन्सी

Your Opnion

//