आइओईको प्रवेश परीक्षा पास हुनुभयो ?, रोज्नुस्, यी इन्जिनियरङ कलेज - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

आइओईको प्रवेश परीक्षा पास हुनुभयो ?, रोज्नुस्, यी इन्जिनियरङ कलेज

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को प्रवेश परीक्षामा पास भएका विद्यार्थी यतिबेला आफ्नो रुचिअनुसार विषय र कलेज रोज्नमा ब्यस्त छन् । पहिलो चरणमा फागुन ११ गतेसम्म भर्नाको समय रहेकाले कलेज तथा विद्यार्थीहरु यतिबेला निकै ब्यस्त छन् । कतिपय विद्यार्थी भने कुन कलेज रोज्ने भनेर अलमलमा पनि छन् । आइओईको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी इन्जिनियरिङ कलेजमा भर्ना हुन पाउँछन् । अलमलमा परेका विद्यार्थीले यो आलेख पढेर कलेज, तिनको विशेषता र आफूले पढ्न चाहेको विषयको बारेमा जानकारी लिन सक्नेछन् ।

काठमाडौं इन्जिनियरिङ कलेज
काठमाडौं इन्जिनिरिङ कलेज सन् १९९८ देखि काठमाडौंको कालिमाटीमा अवस्थित छ । करिब ३० रोपनी क्षेत्रफलमा पैmलिएको कलेज सुविधा सम्पन्न शैक्षिक वातावरणका लागि राम्रो स्थान हो । व्यवस्थित इन्जिनियरिङ विभाग, सुसज्जित लाइब्रेरी, विधार्थी सुविधा केन्द्र, बहुउदेश्यीय हल, प्रशासकीय विभाग, ल्याब कलेजका विशेषता हुन् । सैद्धान्तिक एवम् व्यवहारिक ज्ञानलाई जोड दिँदै कलेजले स्नातक तहमा आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

https://www.kecktm.edu.np/

 

एड्भान्सड् कलेज अफ इन्जिनियरिङ
ललितपुरको कुपण्डोलमा अवस्थित एड्भान्सड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा स्नातक तहको सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङका कार्यक्रमहरु संचालित छन् । २० वर्षे शैक्षिक उत्कृष्टताको इतिहासका साथ एड्भान्सड कलेज विद्यार्थीमैत्री वातावरणमा पठनपाठन गराउनमा केन्द्रित छ । छात्रवृत्ति कार्यक्रमसमेत राखेको कलेजले इन्जिनियरिङका विधार्थी, प्राध्यापक र अन्य सामाजिक व्यक्तित्वबीच अन्र्तक्रिया गर्दै इन्जिनियरिङ शिक्षालाई उत्कृष्ट बनाउने र आफ्नो कलेजका इन्जिनियरिङका विधार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्य राखेको छ । कलेजले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्नुको साथै रोजगारीको ढोका खोलिदिनका लागि विभिन्न उद्योग, रोजगारदाता कम्पनी, आईटी कम्पनी, निर्माण कम्पनी, जलविद्युत कम्पनी, विज्ञान तथा प्रविधिसँग सम्बन्धित कम्पनीहरुसँग साझेदारी गरेको छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

https://acem.edu.np/

 

सगरमाथा इन्जिनियरिङ कलेज
सन् २०१० मा स्थापना भएर छोटो समयमै गुणस्तरिय शिक्षा प्रदान गर्न सफल बनेको सगरमाथा इन्जिनियरिङ कलेजले समयको मागअनुसार बजारमा प्रतिस्पर्धा गर्न विधार्थीका लागि लेटेस्ट एवम् अप टू डेट पठनपाठन कार्यक्रम सञ्चालन गर्दै आएको छ । ललितपुरको सानेपामा रहेको कलेजमा स्नातक तहको सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ विषय पढाइ हुन्छ । गुणस्तरिय इन्जिनियरिङ शिक्षा प्रदान गर्न सगरमाथा इन्जिनियरिङ कलेजसँग विधाअनुसार दक्ष एवम् अनुभवी व्यक्तिहरुको टिम छ । जसले विद्यार्थीको पठनपाठनदेखि ब्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा समेत सहयोग गर्दै आइरहेको छ । कलेजले विद्यार्थीलाई पढाइ सकिएपछि बजारमा प्रतिस्पर्धा गर्ने र राम्रो अवसर प्राप्त गर्ने अवस्था सिर्जना गर्न सहयोग गर्दै आएको छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

http://sagarmatha.edu.np/

 

नेशनल कलेज अफ इन्जिनियरिङ
ललितपुर महानगपालिका–१४ तल्छिखेलमा अवस्थित नेसनल कलेज अफ इन्जिनियरिङमा स्नातक तहको सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ विषयको पढाइ हुन्छ । इन्जिनियरिङ र प्राविधिक विज्ञानमा उत्कृष्ट शिक्षा प्रदान गर्ने एक उच्चस्तरिय संस्थाको रुपमा स्थापित हुने उद्धेश्यका साथ २०५८ सालमा स्थापना भएको कलेज राष्ट्र विकासका आवश्यकता पुरा गर्न जीवनको नैतिकता र मूल्य, मान्यतामा जोड दिदै शैक्षिक गुणस्तर विकास गर्न क्रियाशील छ । साथै, कलेजले व्यावसायिक नैतिकताको धरातलमा रही उत्कृष्टता र दिगो विकासका लागि इन्जिनियरिङको क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । कलेजमा योग्य, दक्ष तथा अनुभवी शिक्षण संकाय, अत्याधुनिक लाइब्रेरी, प्रयोगशाला, कम्प्युटर र स्रोतकेन्द्र, विद्यार्थीका लागि नियमित परीक्षा र मूल्याङ्कन, कोर्समा भएको अतिरिक्त थप विषयगत तालिमको व्यवस्था छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

http://nce.edu.np/

 

कान्तिपुर इन्जिनियरिङ कलेज
सन् १९९८ मा स्थापना भएको कान्तिपुर इन्जिनियरिङ कलेज शान्त एवम् सुन्दर वातावरणमा ललितपुरको धापाखेलमा अवस्थित छ । उक्त कलेज एकग्रताका साथ इन्जिनियरिङ शिक्षा ग्रहण गर्न चाहने विधार्थीका लागि उचित स्थान हो । कलेजले स्नातक तहमा सिभिल इन्ज्निियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ कार्यक्रम संचालन गरेको छ । आफ्नै भौतिक उपकरण र अन्तर्राष्ट्रिय लिंकेज भएको यो कलेज हाल गुणस्तरिय शिक्षा प्रदान गर्न, उत्कृष्ट इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिवद्द छ । लामो समयसम्मका लागि देशका चुनौतीहरुको सामना गर्न योग्य, गुणस्तर र सामाजिक जिम्मेवारीपूर्ण इन्जिनियरिङ जनशक्ती उत्पादन गर्नु कलेजको मुख्य उद्देश्य हो । व्यापार उद्योग र सामुदायीक सहकार्य, उत्कृष्टता, नवीनता, अखण्डता, ब्यक्तिगत सम्मान, बौद्दिक उत्कृष्टता, ज्ञान केन्द्रित शिकाइलाई आफ्नो मूल मन्त्र बनाएर इन्जिनियरिङ शिक्षा क्षेत्रको विकासका लागि काम गरिरहेको छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

http://kec.edu.np/

 

जनकपुर इन्जिनियरिङ कलेज
ललितपुरको कुपन्डोलमा अवस्थित जनकपुर इन्जिनियरिङ कलेजमा सिभिल, कम्प्युटर र इलेक्टोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेसन इन्जिनियरिङ पढाइ हुन्छ । यसअघि भक्तपुरमा रहेको कलेजले यस शैक्षिक सत्रदेखि कुपन्डोलबाट पढाइ सुरु गर्ने तयारी गरेको छ । विगतका तितामीठा कुराबाट पाठ सिक्दै विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दै शिक्षाको हरेक पक्षमा गुणस्तरिय र उत्कृष्ट परिणाम प्राप्त गर्ने लक्ष्य जनकपुर इन्जिनियरिङ कलेजले लिएको छ । कलेजले व्यक्ति, राज्य, राष्ट्रलगायत सम्पूर्ण विश्वकै भविष्य सुदृढ गर्ने लक्ष्य लिएको छ । कलेजले सो लक्ष्य पुरा गर्न श्रेष्ठतम सिकाई, नविन र प्रभावकारी अनुसन्धानका साथ दक्ष, प्रतिबद्द र परावर्तनशील व्यावसायिक जनशक्ति तयार गरिरहेको जनाएको छ ।

कलेजबारे थप जानकारी लिनका लागि तलको लिंकमा जानुहोलाः

https://jec.edu.np/

र, यो पनि

किन पढ्ने, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ ?

Your Opnion

//