सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना) को निर्वाचन चैत ३ गते हुने भएको छ । सोनाको निर्वाचन समितिले निर्वाचन तालिका समेत प्रकाशित गरिसकेको छ ।
जसअनुसार फागुन १६ गते मतदाताको प्रारम्भिव नामावली प्रकाशन हुनेछ भने २३ गते उम्मेदवारको मनोनय दर्ता हुनेछ ।
सोनाको १४ औँ कार्य समितिका लागि हुन लागेको निर्वाचनमा पदाधिकारी तथा कार्यकारिणी सदस्य गरेर १३ आर्किटेक्ट निर्वाचित हुनेछन् ।
सोनाले फागुन १५ गतेसम्म नयाँ सदस्यता लिने र सदस्यता नविकरण गर्ने आर्किटेक्टले मात्र निर्वाचनमा भाग लिन पाउनेसमेत जनाएको छ । निर्वाचन समितिका अनुसार कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन अनलाइन भोटिङका आधारमा हुनेछ ।
Your Opnion