किन पढ्ने, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

किन पढ्ने, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ ?

सूचना प्रविधिको औपचारिक पढाइलाई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ भनिन्छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ सञ्चार प्रविधिका ससाना सामग्रीसँग सम्बन्धित छ । अर्थात, जीवन र व्यवसायलाई सजिलो पार्न कम्पोनेन्ट, उपकरण, प्रणाली र विद्युतीय उपकरणहरू विकास गर्न यस विषय पढेकाहरुले वैज्ञानिक ज्ञान प्राप्त गर्छन् ।

नयाँ औधोगिक क्रान्तिका लागि प्रविधिको विकास हुनु आवश्यक छ । र, यसका लागि भविष्यमा धेरैभन्दा धेरै इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ गरेका इन्जिनियरको आवश्यकता पर्न सक्छ । नेपालले पछिल्ला वर्षहरुमा औधौगिक विकासलाई प्राथमिकतामा राखेकाले पनि यसको महत्व अझ बढेको हो ।

यस कार्यक्रममा जटिल इलेक्ट्रोनिक्स, संचार र सूचना प्रणालीहरूको विश्लेषण गर्न र डिजाइन गर्न प्रविधि र सीपहरू सिकाइन्छ । यो विषय पढेका विद्यार्थीले मोबाइल संचार, अडियो, डिजिटल क्यामेरा, मल्टिमिडिया र इन्टरनेटजस्ता क्षेत्रहरूमा काम गर्न सक्छन् । अर्थात, यसमा स्नातक गरेका विद्यार्थीले डाटा कम्युनिकेसन, डिजिटल सेटेलाइट कम्युनिकेसन आदिमा दक्षता हासिल गर्न सक्छन् र आईटी, दूरसञ्चार क्षेत्रमा जागिर खान सक्छन् । यसको क्षेत्र भनेको सरकारी, शैक्षिक वा औधौगिक जहाँ पनि हुन सक्छ ।

विशेष गरी यो विषय सूचनाप्रविधिको मेरुदण्ड हो । यस कार्याक्रममा इलेक्ट्रोनिक प्रणाली र आधुनिक व्यवसायका लागि आवश्यक प्रविधिको डिजाइन र निर्माणका नवीन विचारहरू विकास गर्न सिकाइन्छ । यस विषय पढेका इन्जिनियरले टेलिकम र सफ्टवेयर उद्योगमा आफ्नो राम्रो भविष्य बनाउन सक्छन् । यसबाहेक यसमा माइक्रो वेब, अप्टिकल संचार, सिग्नल प्रशोधन, दूरसंचार, उन्नत संचार, माइक्रो इलेक्ट्रोनिक्सजस्ता क्षेत्रहरू समावेश छन् । यो विषय पढेका इन्जिनियर एउटा कुनै सुक्ष्म क्षेत्र रोजेर काम गर्न, इनोभेसन गर्न वा बृहत क्षेत्र रोजेर जागिर खान सक्षम हुन्छन् ।

यो चार वर्षको ८ समेस्टर भएको कार्यक्रम हो । कलेजअनुसार यस विषय पढ्नका लागि चार वर्षको ८ देखि १२ लाखसम्म शुल्क लाग्छ । यो कोर्ष सैद्दान्तिक ज्ञान, फिल्ड भिजिट र ल्याबहरुमा प्रयोगात्मक शिक्षाद्वारा पुरा हुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा यो विषय पढ्न सकिन्छ । तपाईंले यस विषयका लागि त्रिभुवन विश्वविद्यालयका निजी कलेजहरु काठमाडौं इन्जिनियरिङ कलेज, एड्भान्सड कलेज अफ इन्जिनियरिङ, सगरमाथा इन्जिनियरिङ कलेज, नेशनल कलेज अफ इन्जिनियरिङ, कान्तिपुर इन्जिनियरिङ कलेज र जनकपुर इन्जिनियरिङ कलेज रोज्न सक्नुहुन्छ । आइओईको प्रवेश परीक्षा पास गर्ने विद्यार्थीका लागि हाल यी सबै कलेजमा यस विषयको भर्ना खुलेको छ । ५ हजारभन्दा कम र्याङ्क ल्याएका विद्यार्थीले पनि यो विषयमा सजिलै अवसर पाउँछन् ।

यस विषयको सेलेबस यस्तो छः

First Semester

  • Engineering Mathematics I
  • Computer Programming
  • Engineering Drawing I
  • Engineering Physics
  • Applied Mechanics
  • Basic Electrical Engineering

Second Semester

  • Engineering Mathematics II
  • Engineering Drawing II
  • Basic Electronics Engineering
  • Engineering Chemistry
  • Fundamental of Thermodynamics & Heat Transfer
  • Workshop Technology

Third Semester

  • Engineering Mathematics III
  • Object Oriented Programming
  • Electric Circuit Theory
  • Electrical Engineering Material
  • Electronic Devices & Circuits
  • Digital Logic
  • Electromagnetics

Fourth Semester

  • Electrical Machine
  • Numerical Methods
  • Applied Mathematics
  • Instrumentation I
  • Power System
  • Microprocessor
  • Discrete Structure

Fifth Semester

  • Communication English
  • Control System
  • Probability & Statistics
  • Instrumentation II
  • Computer Graphics
  • Advanced Electronics
  • Computer Orginization & Architecture

Sixth Semester

  • Engineering Economics
  • Embedded System
  • Signal Analysis
  • Communication System I
  • Computer Network
  • Propagation & Antenna
  • Minor Project

Seventh Semester

  • Project Management
  • Energy Environment & Society
  • Communication System II
  • Telecommunication
  • Filter Design
  • Project I
  • Organization & Management
  • Power Electronics (Elective I)
  • Radar Technology (Elective I)
  • Satellite Communication (Elective I)
  • Biomedical Instrumentation (Elective I)
  • Aeronautical Telecommunication (Elective I)
  • Advanced Java Programming (Elective I)
  • Data Mining (Elective I)
  • Embeded System Design Using ARM Technology (Elective I)
  • Image Processing & Pattern Recognition (Elective I)
  • Web Technology (Elective I)
  • Operating System (Elective I)

Eighth Semester

  • Engineering Professional Practice
  • Wireless Communication
  • RF & Microwave Engineering
  • Digital Signal Processing
  • Project II
  • Agile Methodologies (Elective II)
  • Broadcast Engineering (Elective II)
  • Optical Fiber Communication (Elective II)
  • Database Management System (Elective II)
  • Networking with IPv6 (Elective II)
  • Big Data Technologies (Elective II)
  • Remote Sensing (Elective III)
  • Multimedia System (Elective III)
  • Enterprise Application Design & Development (Elective III)
  • XML: Foundation Techniques & Applications (Elective III)
  • Artificial Intelligence (Elective III)
  • Geographic Information System (Elective III)
  • Speech Processing (Elective III)

Your Opnion

//