चुनावमा भोट हाल्न मात्र ७५० तिरेर किन लिने नेईएको सदस्यता ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Blog

चुनावमा भोट हाल्न मात्र ७५० तिरेर किन लिने नेईएको सदस्यता ?

  • ई. विष्णु प्रसाद पौड्यालFebruary 20, 2021

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) अझै पनि इन्जिनियरहरुको साझा संस्था बन्न सकेको रहेनछ । विगतका वर्षहरुमा जस्तै सदस्यता नविकरणका लागि किस्ता–किस्तामा कुनै कारण बिना नै म्याद थप हुँदै जानु यसको बलियो प्रमाण हो ।

जबजब चुनाव नजिकिदै जान्छ, तबतब सम्भावित उम्मेदवारहरुले सदस्यता नविकरण गरिदिनुपर्ने र नयाँ सदस्यता लिनुपर्ने इन्जिनियरहरु खोज्न थाल्छन् । अन्तिम समयमा हम्मेहम्मे पर्छ अनि म्याद थप हुँदै जाने गर्छ ।

चुनाव गर्ने, पदमा पुग्ने, निर्वाचितहरुले लगभग एक पटक सबैले विदेश भ्रमण गर्ने अनि राम्रो–राम्रो ठाउँमा नियुक्ती लिने ! नेईएको चुनाव अनि निर्वाचनपछि हुने र गरिने कार्यहरु यत्ति नै हुन् ।

अपवादको रुपमा १–२ वटा सम्मेलन र तालिम चाहिँ हुनु स्वाभाविक नै भइहाल्यो । अहिलेको कार्य समितिले चाहिँ सदस्यता नविकरण र नयाँ सदस्य बन्नेहरुका लागि इन्स्युरेन्स, बिना धितो ऋणजस्ता केही नयाँ कार्यक्रमहरु ल्याउन खोजेकै हो । तर यी कार्यक्रमहरु के कति प्रभावकारी भए, त्यसको समिक्षा भइरहेकै होला, सम्बन्धीत पक्षबाट ।

बेला बेलामा विभिन्न किसिमका सःशुल्क र निःशुल्क तालिमहरु, खोज अनुसन्धानमुलक कार्यहरु, सदस्यहरुलाई सहभागी हुँदा आफ्नो पेशागत योग्यता, क्षमता अभिवृद्धी हुने कार्यक्रमहरु ल्याउन सकेमा पक्कै पनि सदस्यता लिन र आफै सदस्यता नविकरण गर्न इन्जिनियर समुदायलाइ हौशला मिल्ने थियो ।

होइन भने सधैजस्तै उम्मेद्वार हुने ब्यक्ती र संघ–संगठनले नै सदस्यता दिलाइदिन आग्रह र अनुरोध गर्नुपर्ने अवस्था रहिरहने नै छ । अरु समयमा खासै केही उपयोगी नहुने र एसोसिएसनको सदस्यताको खासै कुनै र केही महत्व नहुने भएपछी चुनावका लागि मात्रै सदस्य बन्नलाई ७५० रुपैयाँ खर्च गर्न र सबै प्रक्रिया पुरा गर्न कोही किन तयार हुन्छ र ?

Your Opnion

//