सफल बन्न यसरी गर्ने इन्जिनियरले समयको व्यवस्थापन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

सफल बन्न यसरी गर्ने इन्जिनियरले समयको व्यवस्थापन

इन्जिनियरिङ क्षेत्रमा समय भनेको एक मुल्यवान वस्तु हो । इन्जिनियरहरू उपकरणको प्रयोग गरेर उत्पादन क्षमता र दक्षता वृद्धि गर्न र कार्यतालिकाको प्रयोग गरेर समयावधिभित्रै काम सम्पन्न गर्न पोख्त हुन्छन् । यहाँ इन्जिनियरहरूका लागि केही समय व्यवस्थापनका तरिका सुझाइएको छः

१. सहकार्य र साझेदारी गर्ने

कुनै पनि कार्यमा प्रतिनिधि हुन सक्नु पनि समय व्यवस्थापनको एक शक्तिशाली उपकरण हो । एक इन्जिनियरले कुनै पनि कामका लागि सबै ठाउँमा उपस्थित भएर सबै प्रक्रिया पालना गर्न असमर्थ हुन सक्छ । टिमका सदस्यहरूमा जिम्मेवारीको विभाजन गरेर सदस्यहरूलाई सशक्त बनाउँदै समयको बचत गर्नु सक्नुपर्छ । अर्थात् सबै कार्य स्वयंले गर्न छोड्नुपर्छ ।

जब एउटा समूहमा सदस्यहरूले जागरुकताका साथ विनियोजित कार्य सम्हाल्न थाल्छन् तब समयको उचित व्यवस्थापन वा बचत हुन्छ । उक्त समयमा तपाईंले नयाँ प्रोजेक्टको बारेमा सोच्ने समय पनि पाउनुहुन्छ ।

२. समय ट्र्याक गरी व्यवस्थापन गर्ने

एक इन्जिनियरले थुप्रै जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । दिनमा कुन काममा कति समय लाग्यो भनेर मूल्यांकन गर्दै एक क्यालेन्डर बनाएर समय ट्र्याक बनाउन जरुरी छ । मोबाइल वा ल्यापटपको क्यालेन्डर प्रयोग गरेर कामको तालिका बनाउनुपर्छ ।

मोबाइल वा ल्यापटपको क्यालेन्डरको रिपोर्ट हेरेर कुन समयमा कति काम गरेँ भनेर हेर्नुपर्छ र केही समस्या भए तालिका संशोधन गर्नुपर्छ ।

३. आफ्नो शारीरिक ढाँचा बुझ्नुपर्छ

आफ्नो शरीर र दिमाग बुझ्नु पनि समय व्यवस्थापनको एक प्रभावकारी आधार हो । तपाईंले काम गर्दा कुन समयमा सबैभन्दा राम्रो प्रदर्शन गर्न सक्नु हुन्छ, त्यो समयलाई काममा प्रयोग गर्नुपर्छ ।

हरेक मानिसले आफ्नो शारीरिक ढाँचाअनुसार कार्य गर्छ । सबै मानिसहरू भिन्न हुन्छन् । केही मानिस लामो समयसम्म निदाउँछन् त केही छोटो समयसम्म । दिनको समयमा पनि आरामको आवश्यकता पर्छ । दिनमा काम गर्दा आफूले कुन समयमा राम्रो प्रदर्शन गर्न सकिन्छ, त्यो समयलाई ट्र्याक गरेर काम गर्नुपर्छ ।

४. प्रोजेक्ट व्यवस्थापन पद्धतिको प्रयोग गर्नुपर्छ

इन्जिनियरिङ प्रोजेक्टहरू जटिल र कठिन हुने गर्छन् । तर, एउटा विधिको प्रयोग गरेर पाइला चाल्दा ती प्रोजेक्टहरू सहज हुन जान्छन् । सफ्वेयर र विशेष उपकरणको प्रयोग गरी प्रोजेक्ट व्यवस्थापन पद्धति अपनाउँदा कुन कार्य कति बेला गर्ने भन्ने पहिचान हुन्छ ।

अत्याधुनिक प्रोजेक्ट व्यवस्थापन पद्धतिको पालना गर्दा धेरै समय लाग्ने व्यवस्थापनको समय पनि घट्न जान्छ । त्यसैले समय व्यवस्थापनका लागि प्रोजेक्ट व्यवस्थापन पद्धतिमा आधारित उपकरण र प्रविधिमा लगानी गर्नुपर्छ ।

५. उत्पादक बैठकहरू होस्ट गर्ने

समूहका सदस्यहरूलाई, आफूलाई वा कम्पनीलाई आवश्यक परेका बेला मात्र बैठकहरू होस्ट गर्नुपर्छ । पूर्ण योजना गरेर बैठकको उपकरण सही ढंगबाट सेटअप गरेर मात्र आवश्यक सदस्यलाई निमन्त्रणा गर्नुपर्छ । उपस्थित सबैलाई बैठकमा सहभागी हुने अवसर प्रदान गर्नुपर्छ ।

Your Opnion

//