सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । निर्माण सामग्री उद्योगमा ‘अग्रणी’ शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापना भई उक्त उद्योग सञ्चालनमा आएको हो ।
गत माघ १९ गतेदेखि नै क्लिङ्कर उत्पादन सुरु गरिसकेको उद्योगमा सिमेन्ट परीक्षण उत्पादन पनि सुरु गरिएको छ । उक्त उद्योगबाट ओपीसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ ।
उद्योगमा रोबोटिक प्रयोगशालासहित प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरी डिजाइन गरिएको छ । करिब १५ अर्बको लागतमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो
Your Opnion