पुरातत्वविद्ले पत्ता लगाए ५ हजार वर्ष पुरानो बियर उद्योगको संरचना - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
interesting

पुरातत्वविद्ले पत्ता लगाए ५ हजार वर्ष पुरानो बियर उद्योगको संरचना

पुरातत्वविद्हरूले मिश्र (हालको इजिप्ट )मा करिब ५ हजार वर्षअघिको बियर फ्याक्ट्रीको संरचना फेला पारेका छन् । मिश्रको सबैभन्दा पुरानो शहर अवाइडोसमा संसारकै सबैभन्दा पुरानो उक्त संरचना इजिप्टका पुरातत्वविद्हरूले फेला पारेका हुन् ।

नार्मर राजवंशको शासनकालमा सञ्चालित उक्त बियर उद्योगमा माटोको ट्यांकीबाट एकपटकमा करिब २२ हजार लिटर बियर उत्पादन हुन्थ्यो । नार्मर राजवंशले उक्त क्षेत्रमा ई.पू. ३१०० तिर आफ्नो शासन चलाएका थिए ।

पुरातत्वविद्हरूले उत्खननका क्रममा बियर बनाउने ८ वटा युनिट फेला पारेका छन् भने हरेक युनिटको लम्बाइ करिब ६५ फिट र चौडाइ ८ फिट रहेको छ । उक्त समयमा एक युनिटमा बियर बनाउन माटोको बेसिन प्रयोग गरिन्थ्यो ।

न्युयोर्क विश्वविद्यालय एवम् उत्खनन समूहका सदस्य डा. म्याथ्यु आदम्सकाअनुसार प्राचीन शहर उत्खननका क्रममा उक्त उद्योगको संरचना फेला परेको हो ।

अवाइडोस शहर प्राचीन मन्दिर एवम् पुरातत्व खोजको रूपमा परिचित छ । पर्यटकीय गन्तव्यको रूपमा चिनिने उक्त शहर सन् २०११ पछिको राजनीतिक उतारचढावका कारण ध्वस्त बनेको थियो । –एजेन्सी

Your Opnion

//