धादिङ गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार अतिरिक्त रकमसहिच पक्राउ परेकी छन् ।
ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि उनले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेकी हुन् ।
सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पूजा कार्कीलाई अतिरिक्त रकम लिइसकेको अवस्थामा रकमसहित गंगाजमुना गाउँपालिका वडा नं. ५, धादिङ स्थित उनको डेराकोठाबाट नियन्त्रणमा लिएको छ ।
उनीमाति थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
Your Opnion