काठमाडौंको सितापाइलामा रहेको इन्जिनियरिङ विषय पढाउने एक्मी इन्जिनियरिङ कलेजले प्रहरी बोलाएर आफ्ना विद्यार्थीमाथि दमन गरेको छ ।
विद्यार्थीहरुले कोभिड–१९ र त्यसपछिको लकडाउनका क्रममा भएको अनलाइन कक्षाको शुल्कमा ३० प्रतिशत छुटको माग गर्दै आइरहेका थिए । तर, कलेज प्रशासनले १० प्रतिशत मात्र छुट दिने भएपछि विद्यार्थीले कलेजमा ताला लगाएका थिए ।
तर, कलेज प्रशासनले विद्यार्थीको मागका विषयमा कुनै परामर्श तथा छलफल नगरी प्रहरी बोलाएर ताला फोडेपछि तनाब उत्पन्न भएको हो । आफ्ना मागहरुको सम्बोधन नगरी प्रहरी बोलाएर ताला फोडेको भन्दै आइतबार विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । विद्यार्थीको आन्दोलन दबाउन प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको थियो । विद्यार्थीलाई ३ घन्टा महानगरिक प्रहरी वृत्त स्वयंभूमा राखिएको थियो ।
विद्यार्थीहरुले ‘शैक्षिक माफियाविरुद्द हाम्रो क्रान्ति जारी छ’ भन्दै कलेज परिसरमा नाराबाजी गरेका थिए । कलेज प्रशासनले आफूहरुले बुझाएको विज्ञप्तिसमेत च्याथेको उनीहरुको आरोप छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा सिभिल इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र आर्किटेक्ट विषय पढाइ हुन्छ । स्नातम तहमा भर्ना प्रक्रिया सुरु सुने समयमा भएको तनाब र विद्यार्थीहरुमाथिको दमनले कलेजको भर्ना प्रक्रिया प्रभाविकत हुने देखिएको छ ।
Your Opnion