नेपालकै पहिलो सोलार प्लान्ट निर्माण अन्तिम चरणमा, वैशाखसम्ममा बिजुली उत्पादन गरिने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

नेपालकै पहिलो सोलार प्लान्ट निर्माण अन्तिम चरणमा, वैशाखसम्ममा बिजुली उत्पादन गरिने

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा निर्मार्णाधीन सोलार पावर प्लान्टको कार्य अन्तिम चरणमा पुगेको छ । नेपालकै पहिलो सोलारबाट विद्युत् उत्पादन प्रक्रिया सोलार प्लान्ट निर्माणको ७५ प्रतिशत काम सकिएको छ ।

सोलार फार्म प्रालिले सोलारबाट विद्युत् उत्पादनका लागि अनुमति लिएर दुई वर्षअघि आयोजनाको संरचना निर्माण कार्य थालेको थियो । शुक्लागण्डकी बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस क्षेत्रभित्र सोलार प्लान्ट निर्माण भइरहेको छ । क्याम्पसको १ सय रोपनी क्षेत्रफलमा आयोजना स्थापना भइरहेको छ ।

पूर्वाधारको काम अन्तिम चरणमा पुगेकोले तीन महिनाभित्रमा अर्थात् आगामी वैशाखसम्ममा बिजुली उत्पादन गर्ने गरी तयारी भइरहेको सोलार फार्म प्रालिले जनाएको छ । उक्त फार्मबाट उत्पादित पाँच मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणका राष्ट्रिय प्रसारण लाइन जडान गर्ने सम्झौतामा निर्माण कार्य अघि बढाइएको थियो ।

उक्त आयोजनाको सुरुको लागत करिब ४५ करोड अनुमान गरिएको थियो भने आयोजना सम्पन्न गर्न हाल ५५ करोड लाग्ने अनुमान प्रालिले गरेको छ । उक्त सोलार प्लान्टबाट बिजुली उत्पादन गर्न हाल १३ हजार ४ सय ९४ प्यानल राख्ने तयारी भइरहेको छ । जसबाट दैनिक ६ घण्टा विद्युत् उत्पादन हुनेछ भने दैनिक ३० हजार युनिट उत्पादन हुने आयोजनाले जनाएको छ ।

आयोजनाबाट वार्षिक १ करोड ९ लाख विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

Your Opnion

//