सूदुरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ र पीडितलाई न्यानको माग गर्दै प्रदर्शन गरेका छन् । विश्वविद्यालयको इन्जिनियरिङ, मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान तथा प्रविधि र कृषि संकायमा अध्ययनरत विद्यार्थीले भागरथी घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् । आँखामा कालोपट्टी बाँधेर ब्यानरसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीले बलात्कारीलाई फाँसीको माग गर्दै नारासमेत लगाएका थिए ।
Your Opnion