इन्जिनियरिङ क्षेत्रको सिद्धान्त र अभ्यासमा हुने ज्ञानको अन्तरलाई पूरा गर्दै ‘एनआईई’ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs
  तथ्यांक
कुल इन्जिनियर : ६०११९ : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

इन्जिनियरिङ क्षेत्रको सिद्धान्त र अभ्यासमा हुने ज्ञानको अन्तरलाई पूरा गर्दै ‘एनआईई’

पूर्वाधारको क्षेत्रमा इन्जिनियरिङ पेसाकर्मी र प्राविधिकलाई प्रशिक्षण तथा परामर्शका माध्यमबाट दक्षता प्रदान गर्दै आएको एक इन्स्टिच्युट हो, ‘नेपाल इन्स्टिच्युट अफ इन्जिनियरिङ’ (एनआईई) । एनआईई इन्जिनियरिङ क्षेत्रमा एक शैक्षिक इन्स्टिच्युटका रूपमा २०७७ असार २७ गते स्थापना भयो । इन्स्टिच्युटका संस्थापक हुन्, ई. विशेष ढकाल । एनआईईले छोटो समयमै इन्जिनियरिङ क्षेत्रका पेसाकर्मी र विद्यार्थीमाझ ख्याति कमाउन सफल भएको छ ।

सेवा क्षेत्र

इन्जिनियरिङ क्षेत्रको सिद्धान्त र फिल्डको अभ्यासमा हुने ज्ञानको अन्तरलाई पूरा गर्नु एनआईईको मुख्य उद्देश्य रहेको बताउँछन्, इन्स्टिच्युटका सिईओ ई. विशेष ढकाल । सोही उद्देश्यअनुसार इन्स्टिच्युटले मुख्यत : सीप विकासका क्षेत्रमा मात्र काम गरिरहेको छ ।

ढकाल भन्छन्, ‘एनआईईले इन्जिनियरिङ फिल्डमा कार्यरत इन्जिनियरलाई फिल्डमा आधारित ज्ञान प्रदान गर्छ । यसले सम्बन्धित अन्य क्षेत्रका प्राविधिक विज्ञता प्राप्तीमा पनि ठूलै मद्दत गर्छ । इन्स्टिच्युटले इन्जिनियरिङ विद्यार्थी तथा भर्खरै इन्जिनियरिङमा छिरेका प्राविधिकलाई परामर्श सेवा र करियर सम्भावनाबारे शिक्षा प्रदान गर्छ ।’

चुनौती, अवसर र सफलता

‘इन्स्टिच्युटले स्थापनाको प्रारम्भिक दिनमा धेरै संघर्ष गर्नुप¥यो । हरेक दिन नयाँ चुनौतीको सामाना गर्नुपर्थ्यो । तर, अहिले प्रविधिको प्रगतिका कारण विश्व परिवर्तन हुँदैछ । त्यसैले सूचना तथा सञ्चार प्रविधि अपग्रेड गर्नु अत्यावश्यक रह्यो,’ ढकाल भन्छन्, ‘आफ्नो ज्ञान र सीपलाई आफ्ना उत्तराधिकारीहरूमा प्रवाह गर्नका निम्ति तयार मानव संशाधनमा पनि कमी छ । त्यसैले यो संस्थाले केही कठिनाइ भने झेल्नु पर्यो ।’ यद्यपि, जति धेरै चुनौती हुन्छन्, त्यति नै धेरै अवसर हुन्छन् भन्ने कुरामा हामी विश्वस्त रही अगाडि बढिरहेको ढकालको भनाइ छ ।

ढकालका अनुसार यी चुनौती पार गर्ने हो भने पक्कै सफल भइन्छ भन्ने मूल धारणाका साथ इन्स्टिच्युट अघि बढ्यो । प्रायः मानिसले सुरुआती चरणमा रहेकालाई विश्वास गर्दैनन् । इन्स्टिच्युटले त्यो चरण पनि पार गर्यो । ढकाल भन्छन्, ‘चुनौतीका बाबजुद पनि इन्स्टिच्युटलाई स्थायित्व प्रदान गर्न सक्ने हो भने इन्जिनियरिङ क्षेत्रमा यो इन्स्टिच्युट पनि स्वीकार्य हुनेछ । र हाम्रो पाइला पनि पच्छ्याइने छ भन्ने मूल मान्यताका साथ अघि बढ्यौं ।’

इन्स्टिच्युटले सरकारी अनुदानका परियोजनाअन्तर्गतको स्थानीय ग्रामिण पुल समर्थन एकाइमा रही सीप विकास क्षेत्रमा काम गर्यो । साथै भर्खरै इन्जिनियरिङमा लाग्नेका लागि रोटरी क्लबबाट करियर मेन्टोरसीपको अवसर पनि प्रदान गर्यो ।

इन्स्टिच्युटले विभिन्न सरकारी तथा गैरसरकारी संस्था गरी हालसम्म करिब ८ सय इन्जिनियरलाई विविध प्रशिक्षण प्रदान गरिसकेको छ । इन्स्टिच्युटले सयौँ इन्जिनियरिङ विद्यार्थी एवम् भर्खरै इन्जिनियरिङ क्षेत्रमा हात हालेका प्राविधिकलाई करियर सल्लाह सम्बन्धी सम्मेलन र रोजगारको अवसर प्रदान गरेको छ ।

विकास क्षेत्रमा इन्जिनियरका लागि करियर सम्भावना, परामर्श सेवा खरिद सम्बन्धी तालिम, ग्रामीण खानेपानी आयोजनाहरूको डिजाइन र अनुमानका लागि प्रशिक्षण, इट्याब्स र एसएएफईको प्रयोगबाट संरचनात्मक विश्लेषण र डिजाइन प्रशिक्षण र अटोक्याड, स्केचअप र ‘भि–रे’ (सफ्टवेयर) को प्रयोग गरेर नगरपालिकाअन्तर्गतका नक्सा बनाउने प्रशिक्षण आदि जस्ता प्रशिक्षण यस इन्स्टिच्युटले प्रदान गरिसकेका प्रशिक्षण हुन् ।

कार्यरत कर्मचारी

एनआईईमा हाल १५ जना दक्ष तथा अनुभवी कर्मचारी कार्यरत छन् । जसमा प्रशासनिक र सूचना प्रविधि अधिकारी, प्रशिक्षक, डिजाइनर, इन्जिनियर र आर्किटेक्ट रहेको ढकालले जानकारी दिए ।

भावी योजना

एनआईईले आउँदा दिनहरूमा इन्जिनियरिङको विविध क्षेत्रमा अझै ठूलठूला र बृहत् प्रशिक्षण प्रदान गर्दै इन्जिनियरिङ क्षेत्रको परामर्श सेवाको दायरालाई विकास गर्दै लैजाने लक्ष्य लिएको ढकाल बताउँछन् । ढकाल भन्छन्, ‘एनआईईमार्फत इन्जिनियरिङ क्षेत्रमा अनुसन्धानको संस्कृतिलाई प्रवद्र्धन गर्ने र नेपालमा रोजगारीका अवसर वृद्धि गर्ने उद्देश्य छ ।’

Your Opnion

//