आर्किटेक्चर र सिभिल इन्जिनियरिङ : समानता र भिन्नता ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

आर्किटेक्चर र सिभिल इन्जिनियरिङ : समानता र भिन्नता !

आइफेल टावर वा हुभर ड्याम जस्ता विशाल एवंम् उत्कृष्ट संरचना निर्माण गर्नु सहज कार्य होइन । आर्किटेक्ट र सिभिल इन्जिनियरको कडा परिश्रमबिना संसारले आश्चर्यजनक संरचनात्मक उपलब्धीहरू देख्न पाउने थिएन । तर, यस्ता संरचनाहरू निर्माण गर्न यी दुई पदले के कस्ता भूमिकाहरू निर्वाह गर्छन् त ? यो बुझ्न आर्किटेक्चर र सिभिल इन्जिनियरिङका केही क्षेत्रलाई केलाउन जरुरी हुन्छ ।

आर्किटेक्चर र सिभिल इन्जिनियरहरूले समकालिन भवनहरू र जटिल पूर्वाधार परियोजनाहरूको डिजाइनमा योगदान पु¥याउँदै निर्माण कम्पनीलाई आवश्यक सेवा प्रदान गर्छन् । आर्किटेक्टहरू घर, कारखाना, गगनचुम्बी भवन र संग्राहलय जस्ता पूर्वाधारको डिजाइन र योजनाका लागि जिम्मेवार हुन्छन् । सिभिल इन्जिनियरहरू भने भवन, सडक, बाँध, पूल जस्ता पूर्वाधारका प्रमुख कामहरूको डिजाइनदेखि निर्माण सम्पन्नसम्म निरीक्षण गर्छन् ।

समानता
आर्किटेक्ट र सिभिल इन्जिनियर दुवैलाई सही र सुरक्षित निर्माण योजनाहरू बनाउन राम्रो गणित र प्राविधिक सीपको आवश्यक हुन्छ । ग्राहकलाई परियोजनाको लागत, जोखिम र समयावधिको बारेमा जानकारी दिन दुवै पेसा व्यावसायलाई विश्लेषणात्मक सोच क्षमता आवश्यक हुन्छ । आर्किटेक्ट र सिभिल इन्जिनियर दुवैमा निर्माणको सम्झौता र भवन निर्माण प्रकृयाहरू निरीक्षण गर्न नेतृत्व र व्यवस्थापनको सीप आवश्यक हुन्छ ।

भिन्नता
सिभिल इन्जिनियरिङमा यातायात, पानी लागायत समग्र भौतिक पूर्वाधारको प्रणालीको फराकिलो दायरा हुन्छ भने आर्किटेक्चरको ध्यान भवनमा मात्र केन्द्रित हुन्छ । आर्किटेक्टहरू पूर्वनिर्माणको चरणहरूमा संलग्न हुन्छन् । सिभिल इन्जिनियरहरू भने निर्माण कार्यको सम्पूर्ण चरणहरूको प्रत्यक्ष निरीक्षण गर्छन् ।

सिभिल इन्जिनियरहरू निर्माण व्यवस्थापक, आर्किटेक्ट, मेकानिकल इन्जिनियर जस्ता विविध प्राविधिक एवंम् कामदारहरूको निरीक्षण गर्छन् । आर्किटेक्टको प्रायजसो कामहरू कार्यालय वा टेबलमै हुन्छ । तर, सिभिल इन्जिनियरले भने आफ्नो दैनिक कार्यलाई कार्यलयमा र साइटमा विभाजन गर्नुपर्ने हुन्छ ।

आर्किटेक्चरमा नभई नहुने सीप
आर्किटेक्टलाई डिजाइनर पनि भनिन्छ । त्यसैले आर्किटेक्टमा डिजाइनिङको सीप हुनै पर्छ । भवनहरूको स्टे«स, स्टे«न र तौलको असरको जानकारीहरूका लागि आर्किटेक्टमा परिस्कृत गणितको ज्ञान पनि हुनै पर्छ ।

ग्राहकको आवश्यकता बुझ्न र ग्राहकलाई परियोजनाको अपडेट दिन राम्रो संचारको सीप पनि आवश्यक छ । ‘सिएडी’ र ‘बिआइएम’ जस्ता निर्माणको डिजाइन गर्न चाहिने सफ्टवेयरहरू सञ्चालन गर्न कम्प्युटरको सीप पनि उत्तिकै आवश्यक रहन्छ ।

सिभिल इन्जिनियरिङमा नभई नहुने सीप
सिभिल इन्जिनियरिङमा भौतिक शास्त्र र गणित, निर्माणको डिजाइनका सफ्टवेयर लगायत विभिन्न साइट अनुसन्धानसँग सम्बन्धित प्राविधिक ज्ञान आवश्यक हुन्छ । ग्राहकसँग समन्वय गर्न र निर्माण टोलीमा ग्राहकको आवश्यकता अनुसारको सूचना प्रवाह गर्न संचारको सीप पनि आवश्यक रहन्छ ।
कार्य तालिका बनाउने, सामाग्रीको सुचि तयार पार्ने लगायत अन्य थुप्रै परियोजना व्यवस्थापनका सीपहरू पनि अति आवश्यक हुन्छ । साइटको चुनौतीहरू हल गर्न सिभिल इन्जिनियरले भवनका मानक र नियमहरू निरिक्षण गर्ने सीप पनि आवश्यक रहन्छ ।
पूर्वाधारका परियोजनाहरूको समग्र डिजाइन अन्तर्गतको संरचनाका तत्वलाई एकिकृत गर्दै एक सिङ्गो प्रणाली बनाउनु सिभिल इन्जिनियरको मुख्य सीप हो । यस्ता परियोजनाहरू डिजाइन, सञ्चालन र सम्पन्न गर्न सिभिल इन्जिनियरिङमा विश्लेषणात्मक सीपको पनि आवश्यक हुन्छ । –एजेन्सीको सहयोगमा

Your Opnion

//