निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको ४ सय २९ मिटरको डाइभर्सन टनेल (सुरुङ)को निर्माण सम्पन्न भएको छ । उक्त डाइभर्सन सम्पन्न भएसँगै सोमबार अरुण नदीको प्राकृतिका बाटो थुनेर सोमबार पानी टनेलतर्फ फर्काउने तयारी गरिएको अरुण तेस्रो जलविद्युत् परियोजना विकासकर्ता सतलज जलविद्युत् निगमले जनाएको छ ।
करिब २ हजार ४ सय कामदारको चौबीसै घण्टाको कामले आयोजनाको भौतिक प्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको जनाइएको छ । आयोजना विकास सम्झौता (पिडीए) बमोजिम् सन् २०२२ को सेप्टेम्बरभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
सुरुङ मार्गको काम पूरा भएसँगै अब त्यहाँ ड्याम साइट निर्माण सुरु गरिएको छ । यसका लागि दायाँ क्षेत्रमा १३ लाख ५ हजार ८६ घनमिटर र बायाँतिर ६ लाख १ हजार २ सय २७ घनमिटर खाल्डो खन्ने काम सकिएको छ ।
यस परियोजनाको निर्माण्मा ‘पटेल इन्जिनियरिङ कम्पनी’ र ‘जयप्रकाश एसोसिएट्स’ दुई ठेकेदार कम्पनीले काम गरिरहेका छन् । यसको अनुमानित लागत १ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजनाले नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडीएमा उल्लेख छ ।
Your Opnion